News Portal

  • सल्लाघारीस्थित १०८ रोपनी चौरमा भौतिक संरचना नबनाउन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

    भक्तपुर, १० असोज
    २६२९ पटक
    भक्तपुर, १० असोज

    भक्तपुर नगरपालिका वडा नम्बर १ को सल्लाघारीस्थित १०८ रोपनी चौर उपयोगको विषयमा सरकारका उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले निर्देशन दिएका छन् । नेपाल ट्रस्टको स्वामित्वमा रहेको उक्त १०८ रोपनी चौरमा कुनै भौतिक संरचना नबनाउन सो संस्थाका अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलले निर्देशन दिएका हुन् ।

    शुक्रवार उक्त चौरको स्थलगत अवलोकन गर्दै मन्त्री पोखरेलले प्राकृतिक प्रकोपको बेलामा खुला चौरहरु आवश्यक पर्ने भन्दै कुनै भौतिक संरचना नबनाउन नेपाल ट्रस्ट र भक्तपुर नगरपालिकालाई निर्देशन दिए । ”यसलाई नमासी प्राकृतिक प्रकोप पर्दा आश्रय लिने ठाउको रूपमा संरक्षण गर्नुपर्दछ ।” पोखरेलले भने ।

    भक्तपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्याम कृष्ण खत्रीले भक्तपुर पोस्टलाई बताए अनुसार उक्त खुला चौरमा भक्तपुर नगरपालिकाले आफ्नो स्थानीय बजेटबाट करीब १ करोड खर्च गरी पर्खाल लगाएको छ । वडा अध्यक्ष खत्रीका अनुसार चौर संरक्षणमा थप ५० लाख समेत छुट्याइएको छ ।

    नेपाल ट्रस्टको स्वामित्वमा रहेको उक्त १०८ रोपनी चौरमा नगरपालिकाले आफ्नै लगानीमा पर्खाल लगाएको भए पनि चौर  नगरपालिकाले लिन खोजेको भन्दै त्यसको बिरोधमा केहि नेताहरुले बेलाबखत कुरा उठाउदै आएका छन् ।  भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टीको पकडमा रहेको नगरपालिका हो । यहाँ अन्य कुनै पनि दलका प्रतिनिधि निर्वाचित छैनन् ।

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचित सांसद महेश बस्नेतले भक्तपुर नगरपालिकाले खुला चौरमा पर्खाल लगाउनु गैरकानुनी भएको सार्वजनिकरुपमै आरोप लगाउदै आएका छन् । नगरपालिकाले नेपाल ट्रष्टको जग्गा अनाधिकृत प्रयोग गरिरहेको नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद बस्नेतको आरोप छ ।

    शुक्रवार नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलसंग सांसद बस्नेत पनि चौर अवलोकनमा सहभागी भएका थिए । उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति पनि अवलोकनमा सहभागी भएका थिए ।

    चौरलाई संरक्षण गर्न र त्याहाँ हुने बिभिन्न अबैध क्रियाकलापलाई रोक्न नगरपालिकाले पर्खाल लगाउनुपरेको नेमकिपाका केन्द्रीय सदस्य समेत रहेका प्रमुख प्रजापतिले जानकारी गराए । उनले चौर नगर क्षेत्रमा परेकोले स्थानीय जनताको अधिकतम हितमा यसलाई प्रयोग गर्न नगरपालिका सचेत रहेको बताएका थिए ।

    जनप्रतिनिधिहरु, बिभिन्न राजतीतिक दलका स्थानीय नेताहरु, स्थानीय बुद्धिजिवीहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख
    लगायतको समेत उपस्थिति रहेको उक्त अवसरमा मन्त्रीको रोहबरमा आगामी दिनमा चौरको भाडा नेपाल ट्रष्टले उठाउने र कर भक्तपुर नगरपालिकाले लिने सहमति समेत बनेको बताइएको छ ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गरी फेसबुकमै समाचार प्राप्त गर्न सकिन्छ ।
    पेज लाइक गर्न यहाँ क्लिक गर्नुस्

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...