News Portal

  • ऋषेश्वरको उद्घाटन गर्दै प्रमुख प्रजापतिले खुलाए उपभोक्ता समितिबाट निर्माण गर्नुको रहस्य

    निशा कुस्मा/भक्तपुर पोस्टभक्तपुर, १३ भदौ
    १५९४ पटक
    भक्तपुर, १३ भदौ

    घटस्थापनाको अवसर पारेर भक्तपुरकाे लौकिवास्थित ऋषेश्वर महादेवको उद्घाटन समारोह आईतबार सम्पन्न भएको छ । समारोहका प्रमुख अतिथि मेयर सुनिल प्रजापतिले वरपरको सम्पदालाई जोगाउन स्थानीय आफै अघि सर्नुपर्ने कुरालाई जोड दिए ।

    मन्तव्यकै क्रममा उनले नगरमा रहेका सम्पदाहरुको स्थानीय बासिन्दाहरुको जनसहभागितामा निमार्ण गर्दा पुरानै शैलीमा बन्ने र दीर्घकालीन हुने विश्वास व्यक्त गरे ।

    ”संरचनाहरु बलियो र कम लागतमा सम्पन्न हुने र स्थानीय जनताले पनि रोजगार पाउने हुँदा भक्तपुर नगरपालिकाका योजनाहरु उपभोक्ता समितिमार्फत् निर्माण भइरहेको छ ।” उनले भने । उपभोक्ता समितिमार्फत् निर्माण नहुने हो भने पुरातात्विक सम्पदाको मौलिकता बचाउन समेत मुस्किल पर्ने पनि उनले बताए ।

    मौलिक घर निर्माण गर्नेहरुलाई समेत भक्तपुर नगरपालिकाले आर्थिक अनुदान दिइरहेको भन्दै उनले मौलिकता जोगाइराख्न पर्नेमा जोड दिएका थिए । कार्यक्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले गरेका बिभिन्न कामहरुबारे चर्चा गरेका थिए ।

    भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमली, महिला सदस्य पञ्चलक्ष्मी दुवाल लगायतले नगरपालिकाको काममा नगरबासीहरुको साथ र सहयोगको भएकोले नै भक्तपुर अरु नगर भन्दा पृथक भएको भनेका थिए  ।

    ‘म सानो छँदा यहाँ शौच गरिन्थ्यो’ अनुगमन समितिका संयोजक पञ्चमाया दुवाल भन्छिन्, अहिले सरसफाई गरेर ठाउँ राम्रो भएको छ र वातावरण पनि रमणीय हुदै आएको छ ।’ पुननिर्माण गर्ने प्रष्ताव पहिले नै आए पनि बजेटको अभाव भएकाले स्वीकृति दिन नसकेको उनको गुनासो छ ।
    कम बजेटका काम पुरा
    नगरपालिकाले इष्टिमेट गरेको बजेट भन्दा कमै रकममा काम पुरा भएको उपभोक्ता समितिका कोषाध्यक्ष कृष्णप्रसाद कुस्माले जानकारी दिए । ‘हामीले १९ लाख ३९ हजार १९ रुपैँया बजेट छुट्याएका थियौ’ कृष्णप्रसाद भन्छन्, ‘काम सुरु गरेबाट बनिसक्दा सम्म १३ लाख १ हजार  ४ सय ६३ रुपैँया मात्र खर्च भयो ।
    कार्यक्रममा भनपा ८ का वडाध्यक्ष महेन्द्र खायमलीले सम्पदा संरक्षण गर्ने जिम्मा स्थानीयलाई दिंदा बजेटको भ्रष्टाचार नहुने र परम्परागत शैलीलाई कायम गर्न सकिने बताए ।

    सहयोगीहरु प्रति कृतज्ञता
    उद्घाटन समारोहका सभापति एवं उपभोक्ता समितिका संयोजक विवेक कुस्माले प्रत्यक्ष वा अप्रत्यक्ष रुपका सहयोग गर्नुहुने प्रति कृतज्ञता प्रकट गरे । उनले पुन:निर्माणमा सुरुदेखि अन्त सम्म कार्यरत कृष्णबहादुर ध्वजु, पूर्ण कुस्मा, मदन कुस्मा, श्यामकृष्ण ख्याजु, कृष्णगोपाल ख्याजु, रामकृष्ण दुवाल र पूर्णभक्त साँढलाई विशेष धन्यवाद व्यक्त गरेका छन् । त्यसैगरी सुमन कुस्मा, माहेशवरी भोज घर, माहेश्वरी साकोस, समाज सेवा ईन्टिच्यूट प्रा. वि लगायत श्रमदान गर्ने सम्पुर्ण महानुभावहरुमा आभारी रहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...