News Portal

  • ५ वर्षपछि पक्राउ परेका खत्रीलाई पुर्याइयो नख्खु कारागार : जरिवाना नतिरेपछि थपियो १० वर्ष कैद

    भक्तपुर, १ कात्तिक
    १२१० पटक
    भक्तपुर, १ कात्तिक

    बैकिङ कुसर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरिएको छ । सूर्यबिनायक-९ नंखेल बस्ने बर्ष ४७ का प्रकाशराज खत्री जेल चलान भएका हुन् ।

    तत्कालिन पुनराबेदन अदालत पाटनले मिति २०७१ बैशाख २९ गते गरेको फैसला बमोजिम खत्रीलाई ३ बर्ष कैद र आठ करोड पचास लाख रुपैया जरिवाना भएको थियो । अदालतले फैसला सुनाए पनि खत्री फरार भएपछी फैसला कार्यान्वयन हुन सकेको थिएन ।

    फैसलाको करीव साढे  ५ वर्ष पछि महानगरीय प्रहरी परिसर भक्तपुरको बिशेष टोलीले खत्रीलाई शुक्रवार समात्न सफल भएपछी शुक्रवार नै अदालतमा उपस्थित गराएको थियो ।

    शुक्रवार खत्रीलाई भक्तपुर जिल्ला अदालतमा पेश गरिएकोमा खत्रीले जरिवाना वापतको रकम आठ करोड पचास लाख रुपैया नबुझाएकाले सो जरिवाना वापत समेत थप १० (दश) बर्ष कैद सजाय थपिएको जानकारी प्राप्त भएको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डीएसपी रेवती रमण पोखरेलका अनुसार जरिवाना समेतको गरी जम्मा १३ (तेह्र) बर्ष कैद सजायका जिल्ला अदालतले सजाय तोकेपछि खत्रीलाई कैद भुक्तान गर्नका लागी आजै ललितपुरस्थित कारागार कार्यालय नख्खु पठाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...