News Portal

  • भक्तपुरमा एकसाथ ७ ठाँउमा रक्तदान : ३ सय बढी सहभागी

    भक्तपुर, ९ कात्तिक
    १९९० पटक
    भक्तपुर, ९ कात्तिक

    भक्तपुरमा एकसाथ ७ ठाँउमा रक्तदान कार्यक्रम सम्पन्न गरिएकाे छ । एउटै संस्थाकाे आयाेजनामा शनिवार एकसाथ ७ ठाँउमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

    योयो युनिटी भक्तपुरको आयोजनामा शनिवार एकसाथ ७ ठाँउमा रक्तदान गरिएको आयोजक सस्थाका अध्यक्ष रुपेश शिलाकारले जनाएका छन् । रक्तदान जीवनदान भन्ने उद्घोषका साथ् आयोजित कार्यक्रममा ३ सय बढी व्यक्तिले रक्तदान गरेको र सबैभन्दा बढी रक्तदाता दुधपाटीबाट सहभागी बनेको अध्यक्ष शिलाकारले भक्तपुर पोस्टलाई जानकारी गराए ।

    बिहान ७ बजेबाट ११ बजेसम्म भक्तपुरको ७ ठाँउमा एकसाथ रक्तदान कार्यक्रम गरिएको थियो ।योयो युनिटी भक्तपुरका उपाध्यक्ष रोशन श्रेष्ठका अनुसार भक्तपुर नगरपालिकाको दुधपाटी, च्यामासिं, तौमढी र सल्लाघारीमा गरी ४ ठाउँमा रक्तदान कार्यक्रम गरिएको थियो भने सूर्यविनायक नगरपालिकाको सूर्यविनायक चोक र गुन्डूमा कार्यक्रम गरिएको थियो । त्यसैगरी मथ्यपुर थिमीको ठिमी चोकमा पनि रक्तदान कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

    योयो युनिटीको ब्यानरमा भएको रक्तदान कार्यक्रममा भक्तपुर प्रहरीको सहकार्य तथा विभिन्न सहकारी र क्लवका साथै नेपाल रेडक्रस सोसाइटीको समेत सहयोग रहेको बताइएको छ । कार्यक्रमको सफलताले आफूहरुलाई उत्साहित बनाएको योयो युनिटीले बताएको छ ।

    अधिकांश रक्तदाता युवा उमेरका रहेका उक्त रक्तदान कार्यक्रममा सहभागीलाई भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेत आफै उपस्थित भएर उत्प्रेरित गरेका थिए । नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद बस्नेतले रक्तदान जीवनदान भएको भन्दै सामाजिक भावना भएका नागरिक नै देशको असली सम्पत्ती भएको धारणा ब्यक्त गरेका थिए । पूर्व उद्योग मन्त्री समेत रहेका सांसद बन्नेत योयो युनिटीका संरक्षक समेत हुन् । सांसद बस्नेत संगै रक्तदाताहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधान र वीरदल गणका गणपति शिव पौडेलले समेत प्रशंसा पत्र प्रदान गरेका थिए ।

    के हो योयो युनिटी

    योयो युनिटीले जनाए अनुसार यो २०७३ सालमा स्थापित सामाजिक संस्था हो । रुपेश शिलाकारको नेतृत्वमा रहेको यो संस्थामा ११ पदाधिकारी सहित ६३ कार्यसमिति सदस्य छन् भने १ हजारको हाराहारीमा संगठित सदस्य रहेका छन् ।

    पूर्वमन्त्री एवं सांसद महेश बस्नेतका अलावा व्यवसायी रोमन शिलाकार,पदमलाल शिलाकार, विज्ञान राई, सूर्यदर्शन राई र केपी ताम्राकार योयो युनिटीका संरक्षक रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...