News Portal

  • सवारी दुर्घटनामा परी ५ वर्षमा १२ हजार यात्रुको अकालमा मृत्यु

    भक्तपुर, २० कात्तिक
    ८७५ पटक
    भक्तपुर, २० कात्तिक

    सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको राजधानीमा महेश्वर गौतमले लेखेका छन् । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको समाचारमा उल्लेख छ ।

    आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको र सो संख्या ५ वर्षमा करिब १२ हजार पुगेको पाइएको छ ।

    जसअनुसार आर्थिक वर्ष २०७१/७२ मा २ हजार ४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । यस्तै २०७२/७३ मा २ हजार ६ जनाले ज्यान गुमाएका छन् भने २०७३÷७४ मा २ हजार ३८४ जनाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ ।

    यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा २ हजार ५४१ जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाएका छन् भने गत आर्थिक वर्षमा मात्रै २ हजार ७८९ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाउनुपरेको छ । ५ वर्षको यस अवधिमा २१ हजार ५ जना गम्भीर घाइते भएका छन् भने ४३ हजार २३७ जना सामान्य घाइते भएका छन् ।

    नेपाल प्रहरीले तयार गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भएका १३ हजार ३६६ सवारी दुर्घटनामध्ये चालकको लापर्बाहीबाट मात्रै ९ हजार ९१९ दुर्घटना भएको छ । यस्तै, तीव्र गतिका कारण गत वर्ष मात्रै २ हजार १७१ दुर्घटना भएका छन् भने मादक पदार्थ सेवनबाट ४१६ दुर्घटना भएका छन् ।
    गत आइतबार सिन्धुपाल्चोकको सुकुटेमा १९ जनाको ज्यान जानेगरी भएको दुर्घटनामा समेत चालकको लापर्बाही नै पहिलो कारण देखिएको छ । सो दुर्घटनामा क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाएका कारण भएको प्रहरीले भनेको छ ।

    यस्तै, १४ कात्तिकमा सिन्धुपाल्चोकबाट साँखु हुँदै काठमाडौं आउँदै गरेको बस लम्सेफेदीमा दुर्घटना हुँदा भएको दुर्घटनामा समेत चालकको नै लापर्बाही रहेको प्रहरी दाबी छ । सो दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै, २४ असोजमा सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनासमेत क्षमताभन्दा बढी यात्रु भएका कारण भएको प्रहरीले बताउँदै आएको छ । सो दुर्घटनामा १४ यात्रुको ज्यान गएको थियो ।

    प्रहरी तथ्यांकले पुराना सवारीका कारणसमेत धेरै जसो दुर्घटना हुने गरेको देखाउँछ । गत आर्थिक वर्षमा सवारीको यान्त्रिक गडबडीका कारण २०६ वटा दुर्घटना भएको देखिन्छ । यसैगरी, गत आर्थिक वर्षमा नै ओभरटेकका कारण २६३ दुर्घटना भएको छ भने यात्रुको गल्तीले १९८ दुर्घटना भएको छ ।
    यस्तै, कठिन भौगोलिक अवस्था, सवारी चालक अनुमतीपत्र वितरणमा अनियमितता, सडकको जीर्ण अवस्था, सडक र सवारीको क्षमता भन्दा बढी यात्रुलगायतका कारणसमेत सवारी दुर्घटना हुने गरेको पाइएको छ ।

    अधिकांश दुर्घटनाको पहिलो कारण : चालकको लापर्बाही : महानगरीय ट्राफिक प्रहरी महाशाखा

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले अधिकांश सवारी दुर्घटनामा पहिलो कारण नै चालकको लापर्बाही देखिने गरेको बताए ।
    ‘विगत केही वर्षका सवारी दुर्घटनाले बर्सेनि दुर्घटनाको रेट बढेको देखाउँछ । ती अधिकांश दुर्घटनामा पहिलो कारण चालकको लापर्बाही देखिएका छन्,’ ट्राफिक महाशाखा प्रमुख ढकालले भने ।

    उनले चालकले नै पहिले दुर्घटना हुन नदिन जिम्मेवार हुनुपर्ने र यात्रुसमेत हतारिएर ओभरलोड भएका सवारीमा चढ्न नहुने बताए । ढकालले सडक र सवारीको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दीसमेत थप गरेर दुर्घटना न्यूनीकरण गर्न सकिनेमा जोड दिए । स्थानीय तहले समेत सडक र सवारीलाई निगरानी गर्दै दुर्घटना न्यूनीकरणका लागि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने तथा सबै सडकमा टाइम कार्डको व्यवस्था गरिनुपर्नेमा समेत जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...