News Portal

  • रुसको डर्बेन्ट शहर र भक्तपुरबीच भगिनी सम्वन्ध स्थापना गर्ने प्रस्ताव

    भक्तपुर, २ मङ्सिर
    १३२४ पटक
    भक्तपुर, २ मङ्सिर

    संसारको सबैभन्दा ठूलो राष्ट्र रुसको डर्बेन्ट शहरले भक्तपुर नगरसँग भगिनी सम्वन्ध स्थापना गर्ने इच्छा देखाएको छ । डर्बेन्ट शहरका प्रतिनिधि मण्डलले औपचारिकरुपमा उक्त इच्छा व्यक्त गरेको हो ।

    सोमवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटवार्ता गर्न आइपुगेको डर्बेन्ट शहर र रुसी सास्कृतिक सस्थान(रसियन कल्चर सेन्टर)का प्रतिनिधि मण्डलले डर्बेन्ट शहर भक्तपुर जस्तै ऐतिहासिक र पुरातात्विक शहर भएको भन्दै भगिनी सम्वन्ध स्थापना गर्ने इच्छा व्यक्त गरेका नगरप्रमुखकी प्रेस संयोजक कीर्तिका प्रजापतिले बताइन ।

    भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगर आठौं शताब्दीमा स्थापित ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको नाचगानको राजधानी र सम्पदाको नगरको रुपमा परिचित भएको जानकारी गराउदै १२–१५ औं शताब्दीसम्म नेपाल मण्डलको राजधानीको रुपमा रही १८ औं शताब्दीमा छुट्टै राज्यको रुपमा रहेको जानकारी गराएका थिए ।

    जीवित संग्रहालयको रुपमा रहेको भक्तपुर सन् १७७९ मा विश्व सम्पदा सूचीमा सूचिकृत भएको बताउदै प्रमुख प्रजापतिले एतिहासिक कला र सस्कृतीको संरक्षणमा नगरपालिकाले गरेका गतिविधिबारे जानकारी गराएका थिए। उनले उक्त अवसरमा भक्तपुर नगरपालिकाले इन्जिनियरिङ्ग कलेजसहित ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरी शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरिरहेको प्रगतीबारे प्रस्ट पारेका थिए । प्रतिनिधि मण्डलको भगिनी सम्वन्ध स्थापनाको इच्छालाई आफूले सकारात्मकरुपमा लिएको उनको भनाइ थियो ।

    भेटमा प्रमुख प्रजापतिले प्रतिनिधि मण्डललाई भादगाउँले टोपी र मयुर झ्याल उपहार दिएका थिए । भेटपछि प्रतिनिधि मण्डलले भक्तपुरका विभिन्न ऐतिहासिक र पुरातात्विक सम्पदा स्थलहरुको अवलोकन समेत गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...