News Portal

  • मोटरसाइकलको ठक्करबाट १७ वर्षीय युवक घाइते

    भक्तपुर, १० मङ्सिर
    ८४२ पटक
    भक्तपुर, १० मङ्सिर

    मध्यपुर थिमि नगरपालिका–४ थिमिस्थित एसओएस चोकमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक युवक घाइते भएका छन् ।

    घाइते हुनेमा मध्यपुर थिमि नगरपालिका–९ राधेराधेका १७ वर्षीय पैदलयात्री विकल्प राजवस्ती रहेको प्रहरीले जनाएको छ ।

    पैदल हिडीरहेका उनलाई आज बिहान सवा ६ बजे बा ४४ प ७७६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

    उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    ठक्कर दिने मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत ठिमीले नियन्त्रणमा लिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...