News Portal

  • ढल्यो भक्तपुरको कम्युनिष्ट किल्ला : काँग्रेसका भडेल भारी मतले बिजयी

    ५८५६ पटक

    आम निर्वाचनमा बाम गठबन्धनले जीत हासिल गरेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा कम्युनिष्ट पार्टीले उक्त जीत कायम गर्न सकेन । चुनावी परिणाम अनुसार सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हारको स्वाद चखाएको छ ।

    आइतवार सम्पन्न मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलले नेकपाका उम्मेदवार डीपी ढकाललाई पराजित गरेका छन् । चुनावी परिणाम अनुसार भडेलले १३ हजार ४ सय ३७ मत प्राप्त गर्दा ढकाल ११ हजार १ सय ९७ मै सीमित बन्न पुगे । २ हजार २ सय ४० मतान्तरले काँग्रेसले बाजी मारेको मतगणनास्थल बाट हाम्रा प्रतिनिधिले जनाएका छन् । जीतको औपचारिक घोषणा भने भएको छैन ।

    यस मतपरिणाम अनुसार नेमकिपाले समेत आफ्नो जनमत गुमाएको देखिएको छ । नेमकिपा उम्मेदवार निरज लवजूले ५ हजार ४ सय ४७ मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाएका छन् ।

    यस अघि आम निर्वाचनमा बाम गठबन्धनका स्वर्गीय हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए । लामिछानेले वामगठबन्धनको आधिकारिक उम्मेदवार डीपी ढकाल विरुद्ध वागी उम्मेदवारी दिएका थिए। पछि एमाले र माओवादी केन्द्रले केन्द्रीय तहमै सहमति गरेर लामिछानेको उम्मेदवारीलाई गठबन्धनको उम्मेदवारीको मान्यता दिएका थिए। अहिले उपनिर्वाचनमा उनै ढकाल नेकपाका उम्मेदवार रहेका थिए ।

    त्यतिबेला लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७४ मत ल्याएका थिए भने ७ हजार १९ मत ल्याएर नेमकिपाका निरज लवजू तेस्रो भएका थिए ।

    यस उपनिर्वाचनमा भने ९ दलका र १० स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा थिए । यस उपनिर्वाचनमा कूल ४५ हजार १५ मतदाता रहेकोमा ३२ हजार १२ मत खसेको थियो । यस अघि आम निर्वाचनमा कूल ३८ हजार ९ सय ७६ मतदाता रहेकामा २९ हजार ३ सय ३१ मत खसेको थियो ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...