News Portal

  • सिर्जनानगर स्थित सर्भिस ट्रयाकमै हिडिरहेका २७ वर्षीय युवकको ज्यान लिई फरार टिपर पक्राउ

    भक्तपुर, १६ मङ्सिर
    १९५८ पटक
    भक्तपुर, १६ मङ्सिर

    आइतवार राती सर्भिस ट्रयाकमै ठक्कर दिई ज्यान लिएर फरार टिपर प्रहरीको फन्दामा परेको छ ।

    भक्तपुर १ सृजनानगर स्थित हनुमन्ते पूलबाट सल्लाघारी आउने तर्फको सर्भिस ट्रयाकमा २७ वर्षीय समीर बि.क.को ज्यान लिएर फरार टिपर समात्न प्रहरी सफल भएको हो ।

    करिब साढे ८ बजेको समयमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका समीर घाईते भएका थिए । उनलाई प्रहरीले उद्धार गरी सल्लाघारी स्थित डा.इवामुरा स्मृती अस्पताल पुर्याएपनि करिब ९ बजे नै उनलाई अस्पतालले मृत घोषित गरिदिएको थियो ।

    ज्यान लिएर फरार सवारी साधनको खोजीमा रहेको प्रहरीले सीसीटीभी लगायतका प्राविधिक अनुसन्धान तथा बिभिन्न स्थानहरुमा प्रहरी टोलीहरु खटिई चेकजाँच गर्ने क्रममा ठक्कर दिने सवारी साधनलाई राती १२ बजेको समयमा पक्राउ गर्न सफल भएको सृजनानगरका स्थानीय बासिन्दा समेत रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डीएसपी रेवतीरमण पोखरेलले जानकारी गराए ।

    पोखरेलका अनुसार दुर्घटना गराई फरार रहेको सवारी कोटेश्‍वर तिनकुनेबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बा ३ ख २५३१ नं. ट्रिपर र त्यसका चालक काभ्रे महाभारत गा.पा. ८ घर भई हाल काभ्रेको साँगा बस्ने बर्ष ३० को सिद्धिमान तामाङ रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्तजगातीमा राखी थप अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

    सिर्जनानगरबाट राती ८ बजे पछि मात्र टिपरलाई छोडिदै आएको छ । सर्भिस ट्रयाकमै जथाभावी पार्किङ्ग गरेर राखिएका टिपरहरुको व्यवस्थापन हुन नसक्दा स्थानीय चिन्तित बन्दै आएका छन् । आइतवारको दुर्घटना संगै चिन्ता थप बढेको स्थानीयको गुनासो छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...