News Portal

  • शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर दिने निर्णय

    भक्तपुर, १९ मङ्सिर
    ३५५ पटक
    भक्तपुर, १९ मङ्सिर

    ज्योति विकास बैंकले आठ वर्ष यताकै उच्च लाभांश प्रस्ताव गरेको छ। बैकको बुधवार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो।

    बैंकको यो आठ वर्ष यताकै उच्च लाभांश हो। बैकले वितरण योग्य नाफा र जगेडा कोषबाट उक्त लाभांश दिने निर्णय गरेको हो। गत वर्ष ८.४ प्रतिशत लाभांश दिएको थियो। यसअघि बैंकले आर्थिक वर्ष २०६९/७० मा १२.६ प्रतिशतसम्म लाभांश दिएको थियो। प्रस्तावित लाभांश राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।

    गत वर्षको चौमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैकको चुक्ता पुँजी ३ अर्ब १ करोड रूपैयाँ छ। बैंकको जगेडा कोषमा ८४ करोड रूपैयाँ छ। गत वर्ष बैकले ५० करोड रूपैयाँ नाफा गरेको बिजमंदुको खबर छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार...

    भक्तपुरका ८ मानन्धर सम्मानित

    भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ...

    जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

    क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको...

    सिनामंगलस्थित सेन्ट्रल कलेजमा विद्यार्थीका लागि विशेष कार्यक्रम

     सिनामंगलस्थित सेन्ट्रल कलेजमा नयाँ भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्नातक...

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

    banijya bank kamalbinayak

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको...