News Portal

  • अपाङ्गता भएका महिलामाथि शारीरिक हिंसा

    भक्तपुर, १९ मङ्सिर
    ८६३ पटक
    भक्तपुर, १९ मङ्सिर

    अछाम जिल्लाकी १२ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकाको एक महिनाअघि करिब २० हप्ताको गर्भपतन गराइयो । आमाबुवा पनि बौद्धिक अपाङ्गता भएका र उहाँ आफूलाई परेको समस्या व्यक्त गर्न सक्ने अवस्थाको नभएकाले २० हप्ताको गर्भ हुँदासमेत परिवारको सदस्यले थाहा पाउन सकेनन् ।

    बालिकालाई कुकुरले टोकेपछि उहाँका ठूलो बुवाले रेबिजविरुद्धको सुई लगाउन अस्पताल लैजाँदा मात्र बालिका गर्भवती भएको थाहा पाउनुभयो र तुरुन्त गाउँपालिकाको सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग
    अस्पतालमा ल्याएपछि गर्भपतन गराइएको थियो ।

    बौद्धिक अपाङ्गता भएकी उमेर पनि मात्र १२ वर्षकी बालिका बलात्कारमा परेर गर्भवती हुन पुगेकी हुन् । ती बालिका एक प्रतिनिधि पात्र हुन्, अपाङ्गता भएका महिला कुनै न कुनै हिंसाबाट पीडित छन् । तीमध्ये पनि यौन हिंसा र शारीरिक
    हिंसामा धेरै परेका तथ्याङ्क सार्वजनिक भएको छ ।

    महिला हिंसाविरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भ पारेर बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल महिला सङ्घले सार्वजनिक गरेको तथ्याङ्कमा अपाङ्गता भएका ७२ प्रतिशत महिला शारीरिक हिंसामा परेको पाइएको छ ।

    सङ्घका अध्यक्ष निर्मला धितालले अनुसन्धानकर्ता रीता भद्राले वुमन काइन्डको सहयोगमा काभ्रे, मोरङ र गोरखा जिल्लामा गर्नुभएको अनुसन्धानले यस क्षेत्रमा काम गर्न स्पष्ट नीति तथा कार्यक्रम बनाउन बाटो देखाएको बताउनुभयो । सो सर्वेक्षणमा पत्ता लागेका प्रमुख विषयवस्तु र तथ्याङ्कबारे प्रस्तुति दिँदै उहाँले ५० प्रतिशत अपाङ्गता भएका महिलालाई जबरजस्ती यौन गतिविधिमा संलग्न गराइएको पाइएको बताउनुभयो । उहाँले १७ प्रतिशतले यौन हिंसामा परेको, ४३ प्रतिशत यौन दुव्र्यवहार, ३९ प्रतिशत वैवाहिक बलात्कारमा परेको र २८ प्रतिशतलाई जबरजस्ती परिवार नियोजनको साधन प्रयोग गर्न लगाइएको पाइएको बताउँदै कतिपयलाई हिंसा भन्ने कुरा नै थाहा नभएको बताएको पनि बताउनुभयो ।

    अनुसन्धानका लागि ती जिल्ला पुग्दा कतिपय अपाङ्गता भएका महिलालाई तपाईंमाथि हिंसा भएको छ भन्दा थाहा नभएको प्रतिक्रिया पाइयोे । तपाईंको कपाल तान्ने, घचेट्ने आदि गर्छन् भनेर सोध्दा त्यो त सधैँ गर्छन् भन्ने जवाफ पाइएको थियो । यसबाट अपाङ्गता भएका महिलालाई हिंसा के हो भन्नेसमेत थाहा नभएको अवस्थामा आफ्नो समस्या व्यक्त गर्न नसकेको तथ्य फेला परेको अध्यक्ष धितालले बताउनुभयो ।

    कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्ग अधिकार प्रवद्र्धन शाखामा कार्यरत सहसचिव ज्ञानेन्द्र पौडेलले यस्ता अनुसन्धानात्मक प्रतिवेदनले यस क्षेत्रको समस्या समाधानका लागि आगामी नीतिनियम, कार्यक्रम तर्जुमा गर्न सजिलो हुने बताउनुभयो ।
    महिला, कानुन र विकास मञ्चका अध्यक्ष मीरा ढुङ्गानाले महिला हिंसामा परेको घटनालाई छिटोभन्दा छिटो न्याय पाउने व्यवस्था नहुँदा र महिलाका मुद्दालाई हल्का रूपमा लिने प्रवृत्तिले गर्दा हिंसामा परेका महिला÷अपाङ्गता भएका महिलाले उजुरी नै नगर्ने प्रवृत्ति रहेको जानकारी दिनुभयो ।

    राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गताको क्षेत्रमा भइरहेका समस्याबारे स्पष्ट बुझ्न अनुसन्धानले निकै सहयोग मिल्ने बताउँदै अबका दिनमा यस्ता काम यस क्षेत्रसँग सम्बन्धित संस्थाले गर्नु जरुरी रहेको बताउनुभयो ।

    महासङ्घका उपाध्यक्ष रमा ढकालले सातै प्रदेशमा महासङ्घले पनि अपाङ्गता भएकामाथि भइरहेको समस्याबारे सर्वेक्षण गरेको बताउँदै त्यस सर्वेक्षणबाट पनि अपाङ्गताको क्षेत्रको समस्या समाधानका लागि नीति निर्माणका लागि सहयोग हुने विचार व्यक्त गर्नुभयो । गोरखापत्रअनलाईनबाट शिवा तामाङको लेख

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...