News Portal

  • अमेरिकामा आफ्नै देश हराएपछि …

    भक्तपुर, २० मङ्सिर
    ४९७ पटक
    भक्तपुर, २० मङ्सिर

    त्रिभुवन विश्वविद्यालय केन्द्रीय इतिहास विभागले लगातार दुईवर्ष पढाउने विद्यार्थी नै पाएन । पढ्ने नै नभए पछि विभाग राख्ने, नराख्ने तीव्र वहस चलिरहदा अघिल्लो शैक्षिक वर्ष एमए पहिलो सेमेष्टरमा २३ विद्यार्थी भर्ना भए । त्यो पनि प्राध्यापकहरुको व्यक्तिगत पहलकदमीको वलमा । केन्द्रीय इतिहास विभागका उपप्राध्यापक डा. उद्धव पुरी भन्छन्–भर्ना भएका २३ मध्ये १७ जनाले मात्र जाँच दिएका छन् ।

    अर्कोतिर २०७२ को विनासकारी भूकम्पले भत्काएर अस्तव्यस्त विश्वविद्यालयको पुस्तकालय अझै व्यवस्थित हुन सकेको छैन । कैयौँ पुस्तक र अध्ययन सामग्री यत्रतत्र अलपत्र छन् । राष्ट्रिय पुस्तकालय र केशर पुस्तकालय मात्र होइन, पुरातत्व विभागका ऐतिहासिक दस्तावेज पनि संरक्षणको पखाईमा छन् । तर त्यसतर्फ राज्यको चासो पुगेको देखिँदैन ।

    आखिर ऐतिहासिक दस्तावेज र बौद्धिक सम्पत्तिको संरक्षणलाई हामीले किन महत्व दिइरहेका छैनौ ?

    विद्धानहरु नै भन्ने गर्छन्, मृत इतिहास पढेर के हुन्छ ?

    भनिन्छ, इतिहासको ज्ञानविना वर्तमान वुझ्न कठिन छ । पश्चिमाहरुले इतिहास संरक्षणलाई विशेष प्राथमिकता त्यसै दिइरहेका होइनन् ।

    हाम्रो अनुभव भने नितान्त भिन्न छ । नेताहरु निरन्तरताको क्रमभंग गर्ने र नया“ शिरावाट इतिहास बनाउने भाषण ठोक्छन्, कार्यकर्ता उचाल्छन् । ऐतिहासिक महत्वका शालिक ढाल्न लगाउछन् । उनीहरु न त नाम लेखाउने काम गर्न सक्छन्, न पिता पूर्खाको इतिहास संरक्षण गर्न नै ।

    गत अक्टोवर महिना सुशील कोइराला मेमेरियल फाउन्डेसनका सदस्य सचिव अतुल कोइराला, युनिभर्सिटी अफ क्यालिफोर्निया (युसी) बर्कलेका प्राध्यापक डा. आमोद पोखरेलका साथ मैले पनि विश्वका दश सर्वोत्कृष्ट विश्वविद्यालयको सूचीमा रहेका युसी बर्कले र स्टेनफोर्डको अध्ययन भ्रमण गर्ने अवसर पाएँ ।

    दुईसाताको क्यालिफोर्निया (अमेरिका) बसाइले यस विषय लेख्न प्रेरित गर्‍यो ।

    १५ अक्टोवर

    बिहान १० बजेका लागि मिटिङ तय भएको थियो, स्टेनफोर्ड विश्वविद्यालयको पुस्तकालयमा । हामी निर्धारित समयमै पुग्यौं । डा. पोखरेल भन्दै हुनुहुन्थ्यो, अमेरिकामा यात्रा गर्दा बाटोको दुरी पार गर्ने भन्दा पनि पार्किङ खोज्ने काम सर्वाधिक चुनौतीपूर्ण हुन्छ । आमन्त्रण गर्ने प्राध्यापक स्वयम्ले पार्किङका लागि समय छुट्टाएर आउनु भन्ने आसयको मेल पठाएकाले पनि डा. आमोद सचेत हुनुहुन्थ्यो । आठ हजार एक सय असी एकड जमिनमा फैलिएको विश्वविद्यालय परिसरमा प्रवेश गर्दा नै मलाई युरोपको कुनै ऐतिहासिक सहरभित्र पुगेको प्रतित भयो । प्राचिन कला र इञ्जिनियरिङ डिजाइनका ति भवनमा १६ हजार भन्दा बढी विद्यार्थी पढ्छन् । हामी पुग्दा धेरैजसो विद्यार्थी एउटा कक्षा सकेर अर्कोमा पुगिहाल्ने ध्याउन्नमा थिए । कोही मोटरमा त कोही साइकलमा हुइँकिदै गरेका देखिए ।

    विश्वविद्यालय परिसर अमेरिकी अर्थतन्त्रको मेरुदण्ड मानिने सान फ्रान्सिस्को सहरको सिलिकन भ्यालीमा छ, जहाँ फेसबुक, गुगल र एप्पलका मुख्यालय पनि छन् । डा. आमोद भन्दै हुनुहुन्थ्यो, भोलिका दिनमा हरेक क्षेत्रमा संसारको नेतृत्व गर्ने जनशक्ति यहीँ छ । अमेरिका मात्र होइन, विश्वभरबाट आउने विद्यार्थीका लागि यो आकर्षण केन्द्र हो ।

    युसी बर्कले र स्टेनफोर्डले धेरैवटा मुलुकको सांस्कृतिक, आर्थिक, भौगोलिक, राजनीतिकलगायत विभिन्न विधाको इतिहास संरक्षण गर्न चलाइरहेको संयुक्त परियोजनाका लागि अर्काइभ गर्ने तरिका हेर्न र जान्न हामी उत्साहित थियौं ।

    एकैपटक पुस्तकालयका प्रमुखले भने आफ्ना विद्यार्थी र अध्यताहरुका लागि स्टेनफोड विश्वविद्यालयले हरेक वर्ष निकै ठूलो (१.६ विलियन अमेरिकी डलर) लगानी गर्ने गर्छ । यहाँको जस्तो प्रविधि र जनशक्ति संसारका कमै विश्वविद्यालयसँग मात्र छ होला । विद्यार्थीका लागि चाहिने कुनै पनि अध्ययन सामग्री (संसारकै) एक साताभित्र उपलव्ध गराउन सक्नु स्टेनफोर्ड पुस्तकालयको विशेषता हो । जहाँ करिब ९५ लाख अध्ययन सामग्री संग्रहित छन् । औषत पांच विद्यार्थीका लागि एक अध्यापक राखिनुले विश्वविद्यालयले शिक्षालाई कति महत्व दिइएको छ भन्ने बुझ्न सकिन्छ ।

    आफ्नै देश हराए पछि …

    इन्साइक्लोपेडियाका रुपमा चिनिने भव्य पुस्तकालय अवलोकनपछि हामीलाई एउटा हलमा लगियो, अनी ठूलो स्क्रिनमा विश्वको नक्सा देखाइयो । त्यो दृष्य हेर्दा मनै चसक्क भयो । अनायसै भन्यौ, खै त हाम्रो देश नेपाल ।

    भारत र चीनबीचमा जतिसुकै जुम गर्न लगाउँदासमेत नेपाल फेलै परेन । राष्ट्रियताको राजनीतिले सधैँ प्रमुखता पाउँदै आएको मुलुकका नागरिक हामी इतिहासमा कहिल्यै कसैको गुलाम नभएकोमा गर्व गर्छौँ । एउटा प्रतिष्ठित विश्वविद्यालयको नक्सामा आफ्नो देशको नाम निसाना नदेख्दा आश्चर्यचकित त भयौँ । अनि फेरि सोधिहाल्यौँ खै त, नेपाल देखिएन नि ?

    नक्सामा नेपाल छुटेकोतर्फ विश्वविद्यालयको पनि त्यसअघि ध्यान पुगेको रहेनछ । पुस्तकालयका अधिकारीहरुले समेत असहज महसुस गरे । विश्वकै सर्वोत्कृष्ठ दशमध्ये अधिकांश विधामा एक दुई नम्बरमा रहेको विश्वविद्यालयकै नक्सामा एउटा देशको भूगोल नै नहुनु उनीहरुका लागिसमेत आश्चर्यजनक थियो ।

    संसारकै ठूलो डिजिटल पुस्तकालयको सभाकक्षमा केही क्षण मौनता छायो । वातावरण सहज बनाउँदै पुस्तकालयका अधिकारीहरुले भने–यो कुनै भौगोलिक नक्सा होइन, यो त स्कलर म्याप हो । संसारको कुन ठाउ“मा कति अध्ययन अनुसन्धान भएको छ भन्ने आधारमा तयार पारिएको हो । अनुसन्धानविना कुनै देश प्रगतिपथमा जान सम्भव छैन । तपाईंहरु काम गर्नुस्, हामी पनि सुधार्छौं ।

    शक्ति सन्तुलन र भूराजनीतिक दृष्टिले कुनै अमेरिकी विश्वविद्यालयका लागि नेपाल प्राथमिकतामा नहुनु अस्वाभाविक होइन । यसले उनीहरुलाई खासै फरक पर्ने पनि होइन । तर यस्ता प्रतिष्ठित विश्वविद्यालयको नोटिसमा नेपाल नहुँदा अरु अल्पविकसित मुलुकका विद्यार्थीले पाइरहेको जस्तो छात्रवृत्तिबाट नेपाली वञ्चित हुन सक्छन् ।

    मिटिङ सकेर फर्किने क्रममा डा. आमोदले भने–नेपालमा अध्ययन अनुसन्धान नै नभएको भने होइन । भएका छन् । सरकारले प्रयाप्त बजेट दिएर प्राथमिकतामा राख्ने हो र भएका अनुसन्धानलाई अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्न प्रोत्साहित गर्ने हो भने शैक्षिक गुणस्तर सुधार्न सक्ने ठाउँ छ ।

    अमेरिकी सरकारले आफ्नो बजेटको ठूलो अंश अनुसन्धानमा खर्च गर्ने गर्छ । यस्तो बजेट लिन विश्वविद्यालय, निजी अनुसन्धान संस्था र अध्ययताहरुले प्रस्ताव पेश गर्छन् । विश्वविद्यालयहरुले त्यसअघि गरेको अनुसन्धान र त्यसको गुणस्तरका आधारमा सरकारबाट प्रस्ताव स्वीकृत हुने परिपाटी छ ।

    नेपालमा भने विश्वविद्यालयहरु चरम राजनीतिकरणको शिकार भएका छन् । प्राध्यापक कृष्ण खनाल भन्छन्– गहन अनुसन्धानका लागि विश्वविद्यालयहरुसँग बजेट नै हुँदैन । भएको बजेट पनि कनिका छरे झैँ, नामका लागि रिपोर्ट बनाउन खर्च गरिन्छ । अध्यताले पैसा फर्स्यौट गर्न रिपोर्ट त बुझाउँछन् तर गुणस्तरको अभावमा ति रिर्पोट प्रकाशन भएर बजारमा जानुको साटो दराजमा थन्क्याइन्छन् ।

    युसी बर्कले

    १७ अक्टोवरका दिन यु.सी. बर्कले परिसरभित्र प्रवेश गर्दा ठ्याक्कै हाम्रो त्रिभुवन विश्वविद्यालयकै झल्को आयो । केही समय प्राध्यापक र विद्यार्थीसँग नेपालको राजनीतिक विकासक्रम र लोकतान्त्रिकरणबारे कुराकानी भयो । अनी बर्कलेमै पढेर त्यहीँ कार्यरत ताइवानी मूलकी एक महिलाले हामीलाई विश्वविद्यालयको फ्रि स्पिच मुभमेन्टबारे जानकारी दिइन् र पुस्तकालयसहित महत्पवूर्ण विभाग र परिसर घुमाइन् ।

    वाक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि युसी बर्कलेका विद्यार्थीहरुले खेलेको भूमिका संसारकै लागि नमुना मानिन्छ । विभिन्न कालखण्डमा भएका आन्दोलन र तिनको झल्को दिने गरी फोटा र पोष्टर भित्ता सजाइएका छन् ।

    विद्यार्थीहरुको आफ्नै काउन्सिल छ । जहाँ उनीहरु आफ्नो हितका लागि काम गर्छन् । आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन भन्ने शिक्षा संस्कारबाटै दिने गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न सबैलाई समान अवसर दिइएन्छ । जसका लागि छुट्टाइएको एउटा विशेष स्थानमा लेखिएको छ–”This soil and the air space extending above it shall not be a part of any nation and shall not be a subject to any entitity’s jurisdiction.”

    अर्थात् यो माटो र यहाँको हावा कुनै पनि देशको हिस्सा हुने छैन र यहाँ बोलेको विषय कुनै कानूनको क्षेत्राधिकार भित्र पर्ने छैन ।

    संसारभरबाट पढ्न आएका विद्यार्थीहरु त्यही मञ्चमा उभिएर अभिव्यक्ति दिन्छन् । आफ्ना कारण अरुको स्वतन्त्रतामाथि असर नपुगोस् भनेर सचेत रहन्छन् ।

    त्यहाँको दृष्य हेरेपछि लाग्यो, हाम्रो देशमा पनि सातदशक यता पटक पटक आन्दोलन र राजनीतिक परिवर्तन भए । सबै आन्दोलन सफल बनाउन युवा, विद्यार्थीहरुकै बढी भूमिका छ । तर देशको राजनीतिक इतिहास परिवर्तनका लागि यति विधि भूमिका खेल्ने धेरैको इतिहास भने संरक्षणको अभावमा गुमनाम नै छ ।
    हामी नेपालीले धेरैपल्ट इतिहास बदल्यौँ । तर आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकलगायत देशमा भएका अन्य घटनाक्रमहरुको ऐतिहासिक महत्व भावी पुस्ताका लागि सुरक्षित राख्न भने सकेका छैनौँ ।

    दुईसाता अमेरिकामा रहँदा सिक्न र हेर्न पाएको विषय नै के भने देशको विकास र समृद्धि नेताहरुको भाषणवाट सम्भव हुने कुरा होइन । साँचो अर्थमा देश बनाउने हो भने विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपवाट टाढा राखेर प्राज्ञिक उन्नयन र अनुसन्धानमा केन्द्रित बनाउने बातावरण बनाउन जरुरी छ । १२खरीबाट जगत नेपालको लेख

    प्रतिकृया दिनुहोस्

    यि हुन् मंगलवारको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय

    काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ८ वटा निर्णयहरु गरेको छ ।...

    शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

    काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्...

    माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका...

    अनलाइन शिक्षणसम्बन्धी तालिम माग गरेमा विद्यालयलाई सोझै दिने सरकारी तयारी

      – १० लाख ९३ हजार बालबालिका अनलाइन कक्षामा – इच्छाशक्ति भएका सामुदायिक विद्यालयहरुले अनलाइनबाटै...

    भूवन र दीपाश्रीको सम्बन्ध चिसिएको चर्चा हल्ला मात्रै !

    सर्वाधिक ग्रस कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’का ३ वटै सिरिजका कारण निर्देशक दीपाश्री निरौला...