News Portal

  • प्रेस संगठनद्वारा उपत्यकाका तीनै जिल्लाको नेतृत्व चयन : भक्तपुरमा थापा र शुभचिन्तक

    भक्तपुर, २० मङ्सिर
    १२०५ पटक
    भक्तपुर, २० मङ्सिर

    प्रेस संगठन नेपालले उपत्यका प्रदेश कमिटी अन्तर्गत तीनैवटा जिल्लाको नेतृत्व टुंगो लगाएको छ l तत्कालिन प्रेस सेन्टर नेपाल र प्रेस चौतारीको एकतापछि बनेको प्रेस संगठन नेपालले उपत्यका प्रदेश कमिटी अन्तर्गत तीन जिल्लाको नेतृत्व टुंगो लगाएको हो ।

    शुक्रवार आपसी सहमतिमा एकमतले तीनै वटा जिल्लाको नेतृत्व चयन भएको प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीका संयोजक नवराज दाहालले बताए । उपत्यका कमिटी संयोजक दाहालले जनाए अनुसार उक्त संगठनको भक्तपुर जिल्ला नेतृत्वमा पत्रकारद्वय कविता थापा र संजीप शुभचिन्तक चयन भएका छन् ।

    प्रेस संगठन नेपालले भक्तपुर जिल्ला कमिटी संयोजकमा कविता थापालाई चयन गरेको छ भने संजीप शुभचिन्तक सहसंयोजक चयन भएका छन् । थापा गोरखापत्रकर्मी हुन् भने शुभचिन्तक भक्तपुर पोस्ट, ननस्टप खबर र सिकाइ मासिकसंग आवद्ध छन् ।

    त्यसैगरी काठमाडौँ जिल्ला कमिटी संयोजकमा सागर पन्त र सहसंयोजकमा राधेश्याम तिमल्सिना (पुकार) परेका छन् भने ललितपुर–संयोजकमा ईश्वरराज ढकाल र सहसंयोजकमा रामहरि कार्की रहेको बताइएको छ ।

    जिल्ला नेतृत्व सहमतिमा चयन गर्न सकेकोले अव उपत्यका प्रदेश कमिटी र सम्बन्धित जिल्ला कमिटीले पनि चाँडै पूर्णता पाउने प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीका सह संयोजक प्रकाश सिलवालले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...