News Portal

  • बालिकाको मृत्यु हल्लाले कोहलपुर तनावग्रस्त

    भक्तपुर, २२ मङ्सिर
    १५५६ पटक
    भक्तपुर, २२ मङ्सिर

    ट्रकले ठक्कर दिँदा एक स्कुले बालिकाको मृत्यु भएको हल्लाले कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले बिहान करिब साढे १० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट उनी गम्भीर घाइते भएकी छन् । स्थानीयले ट्रक जलाइदिएका छन । समाचारहरुमा उनको मृत्युको खबर आएपछि स्थानीयको प्रदर्शनले झन् उग्र रुप लिन पुग्यो ।

    ट्रकले स्थानीय त्रिभुवन माध्यमिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ठक्कर दिएको थियो । उक्त घटनापछि कोहलपुर तनावग्रस्त बनेको छ ।

    बालिकालाई ठक्कर दिने उक्त ट्रक आक्रोशित आफन्त, अन्य विद्यार्थी र स्थानीय बजारवासीले जलाइदिएका थिए ।  अवरुद्ध सडक  हटाउन खोज्दा झडप भएको छ ।

    झडपका क्रममा प्रहरीले हवाइ फायर र केही सेल अश्रुग्यास प्रहार गरेक छन् । आक्रोशित विद्यार्थी, स्थानीयले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेको छन । बांँके प्रशासनले कोहलपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

    ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको ग्वार्कोस्थित बीएण्डबी हस्पिटलमा उपचार भैरहेको छ।

    सच्याइएको : एक मूलधारको विस्वशनीय अनलाइनको न्युज साभार गर्दा मृत्युको खबर पर्न गएकोले सच्याइएको छ । -सम्पादक

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...