News Portal

  • कृषि विकास बैंकको अधिकतम लाभांस घोषणा: सरकारलाई ६ प्रतिशत दिने

    भक्तपुर, २४ मङ्सिर
    १३३५ पटक
    भक्तपुर, २४ मङ्सिर

    कृषि विकास बैंकले ६ वर्ष यताकै अधिकतम लाभांस घोषणा गरेको छ। बैंकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांस दिने भएको हो।

    यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि पनि ६ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो। सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकले उक्त लाभांसको प्रस्ताव गरेको हो। बैंकले वितरणयोग्य संचित मुनाफाबाट बोनस शेयर र गत वर्षको नाफाबाट नगद लाभांस दिने भएको छ।

    बैंकको हालको चुक्ता पुँजी ९ अर्ब १५ करोड रूपैयाँ छ। यसको ६ प्रतिशत बोनस शेयर प्रदान गरेपछि साधारण शेयर पुँजी ९ अर्ब ५५ करोड रूपैयाँ कायम हुनेछ। नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयरको लागि भने ६ प्रतिशतका दरले यो वर्ष ३२ करोड ५९ लाख रूपैयाँ नगद प्रदान गर्नेछ। बोनस शेयर वितरणपछि नेपाल सरकारको अग्राधिकार शेयरसहित चुक्ता पुँजी १४ अर्ब ९८ करोड रूपैयाँ पुग्नेछ।

    गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकले गत वर्ष ४ अर्ब ३५ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो। बोनस शेयर, नगद लाभांस र अग्राधिकार शेयरका लागि समेत गरेर बैंकले यस वर्ष ३ अर्ब ३ करोड रूपैयाँ लाभांस वितरण गर्ने भएको हो। सोही वित्तीय विवरणअनुसार जगेडा कोषमा १० अर्ब ४० करोड रूपैयाँ छ। बिजमान्दु

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...