News Portal

  • मिस वर्ल्डको उपाधि जमैकाकी सुन्दरी टोनी आना सिहलाई

    भक्तपुर, २९ मङ्सिर
    ४५९ पटक
    भक्तपुर, २९ मङ्सिर

    मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी २३ वर्षीया सुन्दरी टोनी आना सिहले जितेकी छिन् ।

    बेलायतमा सम्पन्न भएको मिस वर्ल्ड सुन्दरी टोनी आना सिहलाई गत वर्षकी मेक्सिकोकी भानेस्सा पोन्सले क्राउन लगाइदिएकी थिइन् ।

    फस्ट रनर अपमा फ्रान्सकी सुन्दरी ओफले मेजिनो आएकी छिन् भने सेकेन्ड रनर अपमा भारतकी सुन्दरी सुमन राव रहेका छन् ।

    यसअघि विविध विधामा टप ४० मा पर्न सफल उनी अन्ततः मल्टिमिडिया अवार्ड विजेता बनी टप १२ मा पर्न सफल भएकी हुन् ।

    ६९ औं मिस वर्ल्ड २०१९ लन्डनको एक्सेल हलमा आयोजना गरिएको थियो । कार्यक्रममा १ सय भन्दा बढी मुलुकका सुन्दरीहरूले प्रतिस्पर्धा गरेका थिए । मिस वर्ल्ड २०१९ नोभेम्बर २० बाट सुरु भएको थियो । (एजेन्सी)

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार...

    भक्तपुरका ८ मानन्धर सम्मानित

    भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ...

    जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

    क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको...

    सिनामंगलस्थित सेन्ट्रल कलेजमा विद्यार्थीका लागि विशेष कार्यक्रम

     सिनामंगलस्थित सेन्ट्रल कलेजमा नयाँ भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्नातक...

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

    banijya bank kamalbinayak

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको...