News Portal

  • नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    राजेश मानन्धर भक्तपुर, २९ मङ्सिर
    १४२० पटक
    भक्तपुर, २९ मङ्सिर

    ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार रक्तदान कार्यक्रम गरिएको हो ।

    कमलविनायक स्थित सरस्वती बिद्यागृह माविको प्राङ्गणमा सम्पन्न भएको खुला रक्तदान कार्यक्रममा छब्बीस जनाले रक्तदान गरेका नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरका सभापति रामकृष्ण मानन्धरले बताए । उनले बताए अनुसार रक्तदानमा २ महिला र २४ पुरुष सहभागी भएका थिए ।

    रक्तदान जीवन दान भएकोले रक्तदान गर्न आउदा आफूलाई सन्तोष प्रात भएको रक्तदानमा सहभागी एक युवक रिवेक मानन्धरले प्रतिक्रिया दिएका छन् । रक्तदानमा अधिकांश युवाहरु सहभागी भएका थिए ।

    रक्तदानमा सहभागी सबैलाई नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरले धन्यवाद ज्ञापन गर्नुका साथै प्रशंसा पत्र समेत प्रदान गरेको थियो ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गरी फेसबुकमै समाचार प्राप्त गर्नुस्

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...