News Portal

  • बंगलादेश सरकारद्वारा माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय

    रमेश लम्साल काठमाडौं, ४ पुस
    ५६४ पटक
    काठमाडौं, ४ पुस

    बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ। भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय भएको हो।

    जीएमआरका निर्माण परियोजना प्रमुख केके शर्माले विद्युत् खरीद सम्झौता गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार बंगलादेश सरकारले जीएमआरको विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी एनभिभिएनमार्फत खरीद गर्नेछ।

    बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरीद समितिले विद्युत् खरीद गर्ने निर्णयलाई स्वीकृत गरेको छ। निर्णय अनुसार बंगलादेशले प्रतियुनिट ७.७ सेन्टमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरीद गर्नेछ। निर्णयपछि बंगलादेशले २५ वर्षसम्म विद्युत् खरीद गर्नेछ।

    उक्त निर्णयसँगै भारतीय प्रसारण प्रणालीको प्रयोग गरेर नेपालमा उत्पादित विद्युत् बंगलादेश पुग्ने भएको छ। बंगलादेश सरकारले हालै उक्त निर्णय गरेको जिएमआरका निर्माण परियोजना प्रमुख शर्माले जानकारी दिए।

    माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उतपादित विद्युत् खरीद गर्ने निर्णय भएसँगै नेपालमा उत्पादित विद्युत् बंगलादेश लैजाने मार्ग प्रशस्त भएको छ। स्वतन्त्र ऊर्जा, उत्पादकको संस्था नेपाल (इपान)ले गत महिन आयोजना गरेको पावर समिटमा भाग लिन आएका बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले माथिल्लो कर्णालीको विद्युत् खरीद सम्बन्धी निर्णय छिट्टै हुने बताएका थिए। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँगको भेटमा आफूहरु नेपालमा उत्पादित विद्युत् बंगलादेश लैजान आतुर रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा दुई देशबीचको सहकार्यमा जोड दिएका थिए।

    बंगलादेशले सन् २०४० सम्म नेपालबाट करिब ९ हजार मेगावाट विद्युत् लैजाने विषयलाई रणनीतिक महत्वका साथ समावेश गरेको छ। केही समय पहिले नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले गरेको नेपाल भ्रमणमा समेत ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा विचार विमर्श भएको थियो।

    माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने निर्णय भएसँगै भारतीय कम्पनी जीएमआरलाई पनि अब आयोजनाको काम शुरु गर्न मार्ग प्रशस्त भएको छ। आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरणको काम गरेको जिएमआरले विद्युत् खरीद सम्झौता नभएका कारण वित्तीय व्यवस्थापनसमेत गर्न सकेको थिएन।

    बंगलादेशको उक्त निर्णयसँगै जिएमआरले अब लगानी बोर्डसँग पनि समन्वय गरी आयोजनाको काम शुरु गर्ने वातावरण तय भएको छ। जीएमआरले आयोजनाको म्याद थपका लागि २०७५ असोजमा दिएको आवेदनको विषयमा बोर्डले हालसम्म कुनै निर्णय गरेको छैन।

    आयोजनाबाट उत्पादित कूल ९०० मेगावाट विद्युत्मध्ये ५०० मेगावाट बंगलादेश बिक्री हुनेछ भने नेपाल सरकारले १०८ मेगावाट विद्युत् निःशुल्क प्राप्त गर्नेछ। यस्तै बाँकी रहेको विद्युत् भने् भारतमा बिक्री गर्ने योजना बनाएको छ।

    सन् २०१४ मा नेपाल सरकार र भारतीय कम्पनी जिएमआरबीच परियोजना विकास सम्झौतामा हस्ताक्षर भएको थियो । भारतीय कम्पनी सतजल विद्युत् निगमले अरुण तेस्रोको काम अगाडि बढाइसकेको सन्दर्भमा माथिल्लो कर्णालीको काम शुरु नभएको भन्दै आलोचनासमेत भएको थियो।

    पछिल्लो निर्णयसँगै आफूलाई अब काम गर्न समेत सहज भएको र आयोजनाको सबै तयारी सकेर निर्माणमा जाने शर्माले जानकारी दिए। कूल रु एक खर्ब ४० अर्ब लागत अनुमान गरिएको आयोजनाले सुर्खेत, अछाम र दैलेखलाई प्रभावित गर्दछ।

    प्रतिकृया दिनुहोस्

    मध्यरातमा लुटियो आकाश भैरवको मुर्ति

    हल्चोक स्थित हल्चोक आकाश भैरवको मुर्ति मध्यरातमा लुटिएको छ। हल्चोक आकाश भैरव गुथिका अध्यक्ष सागर...

    बनेपालीको नेतृत्वमा बन्यो बागमती प्रदेश स्तरीय लेखक संघ

    अखिल नेपाल लेखक संघ, बागमती प्रदेशमा अगिव बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।...

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार...

    भक्तपुरका ८ मानन्धर सम्मानित

    भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ...

    जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

    क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको...