News Portal

  • मोटरसाईकल चोरीको अभियोगमा दुवाकोट मोडमा पक्राउ परेका दुवैजना सिंहदरवारमा

    इभक्तपुर संवाददाताभक्तपुर, ११ पुस
    ८०३ पटक
    भक्तपुर, ११ पुस

    भक्तपुर प्रहरीले मोटरसाईकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । चाँगुनारायण २ स्थित दुवाकोट मोडमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा काभ्रेपलान्चोक अनेकोट गाउँपालिका १ बस्ने २० वर्षीय मनराज तामाङ र रामेछाप दोरम्बा गाउँपालिका ७ बस्ने १८ वर्षीय अनिल तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

    बुधवार दुवाकोट मोडमा सवारी साधन चेकजाँच गर्ने क्रममा बा ८६ प १४५० नम्बरको मोटरसाईकल रोकी कागजपत्र माग गर्दा कागजपत्र नभएपछि शंका लागि हेर्दा चोरीको मोटरसाइकल भएको पत्ता अलगेको प्रहरीले पुष्टी गरेको छ । प्रहरीका अनुसार कात्तिक १७ गते काठमाण्डौको अनामनगरबाट चोरी भएको जेनिस तामाङको बा ९२ प २३७१ नम्बरको मोटरसाईकलको ईन्जिन नम्बर संग उक्त मोटरसाइकलको ईन्जिन नम्बर मेल खाएपछि नम्बर प्लेट परिवर्तन गरी चोरीको मोटरसाइकल चढेको खुलेको हो ।

    पक्राउ परेका मोटरसाईकल चालक मनराज र मोटरसाईकल पछाडी सवार रहेका अनिल दुवैलाई मोटरसाईकल सहित शुक्रबार थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पठाईएको प्रहरीले जानकारी गराएको छ । मोटरसाइकल चोरीको रिपोर्ट उक्त वृत्तमा दर्ता भएका कारण थप अनुसन्धानका लागि उतै पठाईएको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न

    भक्तपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सल्लघारीमा सम्मेलन सम्पन्न...

    राखेपमा खेलकर्मीहरुको हरिबिजोग : सदस्य सचिवमा ब्यापारीकै पल्ला भारी

    फेरि व्यापारीलाई नै खेलकुदको नेतृत्व दिने तयारी काठमाडौं, मंसिर ११– देशमा सरकार परिवर्तनसँगै नेपाली खेलकुद...

    भक्तपुरका स्ववासीको भूमि सम्बन्धी समस्या समाधान गरिने

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरमा रहेका स्ववासी र बेनिसाको समस्या...

    चाँगुनारायणमा नरेश खड्काको नेतृत्वमा माओवादी केन्द्रको नयाँ नगर समिति निर्वाचित

    सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा नयाँ नेतृत्व निर्वाचित...

    भक्तपुर सांगीतिक समाजको आयोजनामा २५ जनाले गरे रक्तदान

    भक्तपुर सांगीतिक समाजले आफ्नो पाँचौ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।...