News Portal

  • जम्मु-कश्मिरको वायु नेपालतिर, वर्षा र हिमपात हुने सम्भावना

    भक्तपुर, १५ पुस
    ८४५ पटक
    भक्तपुर, १५ पुस

    भारतको जम्मु-कश्मिरमा विकसित पश्‍चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्दैछ। यो प्रणाली मंगलबार रातिदेखि नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    मंगलबार मौसम सामान्य रहेपनि बुधबारदेखि सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। शुक्रबार र शनिबार पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद‍् वरुण पौडेलले जानकारी दिए। उनले भने,’ न्यूनचापीय प्रणाली नेपालको पश्चिम भू-भागबाट प्रवेश गर्दै पूर्वसम्म पुग्नेछ। जसले गर्दा सुदूरपश्चिमको उच्च पहाडि तथा हिमाली क्षेत्र र पूर्वी पहाडि भू-भागमा वर्षा र हिमपातको संभावना छ।’ यो प्रणाली आइतबारसम्म सक्रिय रहने मौसन पूर्वानुमान महाशाखाको अनुमान छ।

    हिमपात र वर्षपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ।

    तीन दिनमा कहाँ के हुँदैछ ?

    पौष १५ गते

    देशको पश्चिमी तथा मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक हल्का हिमपातको सम्भावना रहेको छ ।

    पौष १६ गते

    देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी र पूर्वी पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडि र हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपात र पानी हुने संभावना छ। देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडि र हिमालि भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

    पौष १७ गते
    देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। उच्च पहाडि र हिमालि भू-भागमा मध्यमदेखि भारी हिमपातको संभावना रहेको छ।उच्च पहाडि र हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपातको संभावना रहेको छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...