News Portal

  • भक्तपुरमा एक युवकले खुर्पा आतङ्क मच्चाउदा २ प्रहरीसहित ४ घाइते, युवक प्रहरी नियन्त्रणमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ पुस
    ४०१९ पटक
    भक्तपुर, २६ पुस

    भक्तपुरमा एक ब्यक्तिले खुर्पा आतङ्क मच्चाउदा २ प्रहरी सहित ४ जना घाइते भएका छन् । राम बहादुर विक नाम बताउने ति व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    शनिवार दिउसो करिब ४ बजेको समयमा भक्तपुर १० स्थित पाइपलाईन र देकोचामा खुर्पा प्रहार गरी २ महिलालाई घाइते बनाएको सूचना पाएपछि पक्राउ गर्न पुगेका प्रहरी समेत विकको निसानामा परेका थिए ।

    खुर्पा प्रहारले घाइते हुनेमा ओखलढुंगाको चम्पादेवी १० घर भई हाल भक्तपुर १० कमलविनायक बस्ने बर्ष ६० की भुनामाया थापा र कमलविनायककै ४५ वर्षिया राजमती जाकिबन्जार रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रहेका इन्स्पेक्टर पंचलाल गोलेले पुष्टि गरे । थापालाई मध्यपुर अस्पतालबाट थप उपचारको लागी छाउनी स्थित नेपाली सेनाको अस्पतालमा रिफर गरीएको तथा जाकिबन्जारको मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    हातमा खुर्पा लिएर दौडिरहेका २० वर्षीय विकलाई समात्न पुगेका महानगरीय प्रहरी प्रभाग ब्यासीमा कार्यरत प्रहरी हवल्दार जितेन्द्र प्रसाद यादव प्रहरी जवान टोल बहादुर श्रेष्ठ पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

    जाजरकोट घर बताउने विकलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखिएको र थप अनुसन्धानको कार्य भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...