News Portal

  • विदेशीको पैसाले चुनाव जितेका दलले विदेशीकै हित गर्ने : अध्यक्ष बिजुक्छें

    भक्तपुर, २८ पुस
    २३२७ पटक
    भक्तपुर, २८ पुस

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले विदेशी पुँजीको पैसाले चुनाव जितेका दलले विदेशीकै हितमा काम गर्ने र ऐन–कानुन पनि तिनीहरुकै पक्षमा बनाउने बताए । सरकारको उद्योग नीति आलोचनायोग्य भएको भन्दै अध्यक्ष बिजुक्छेंले सो कुरा बताएका हुन् ।

    भक्तपुर घरेलु तथा साना उद्योग संघको २९ औं तथा महिला उद्यमी समितिको २७ औं वार्षिक साधारणसभा २०७६ को सोमबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले सरकार चलाउने शासक दलहरु विदेशीको दलाल हुँदा देशमा उद्योगहरुको दुर्दशा भएको भनेका थिए ।

    कार्यक्रमका  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्योगधन्दाको विकास देश विकासको प्रमुख आधार भएको भन्दै भक्तपुर नगरपालिकाले घरेलु उद्यमीहरुलाई उत्साहित पार्न यहाँका मौलिक उत्पादन ताईचीन चिउरा, जुजु धौ, हाकुपटासी र भादगाउँले टोपीलाई भक्तपुरको मौलिक उत्पादनको रुपमा परिभाषित गरेको जानकारी गराए ।

    भक्तपुरको मौलिकता विदेशी बजारमा प्रचार गर्न भक्तपुर घरेलु तथा साना उद्योग संघले पर्यटन क्षेत्रमा आफ्नो लगानी बढाउन आवस्यक भएका भन्दै प्रमुख प्रजापतिले ‘सरकारले देशमा सञ्चालित उद्योगहरुको संरक्षणको लागि सस्तो ब्याज दरमा ऋण प्रवाह गर्नुपर्ने त्यसैगरी विदेशी वस्तुहरुमा कर बढाउने र नेपालभित्र रहेका बैंक तथा सहकारी संस्थाहरुको पुँजी उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा भक्तपुर जिल्लाकी प्रजिअ हुमकला पाण्डेले भक्तपुरको घरेलु उद्योगको मौलिक उत्पादनलाई गुणस्तरीय बनाउँदै यसको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनको आवश्यकता औंल्याइन ।

    भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष बिरेन्द्र जतिको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रभु लाईभ इन्सुरेन्स, प्रदेश नं. ३ का प्रमुख प्रबन्धक सागर केसी, भक्तपुर चेम्बर अफ कर्मर्शका अध्यक्ष न्हुछे मानन्धर, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका पूर्वअध्यक्ष सत्यनारायण प्रजापति, महिला उद्यमी समितिका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...