News Portal

  • नेपालकै पहिलो डिजिटल शौचालय : सङ्गीत सुन्दै शौच !

    भक्तपुर, ७ माघ
    १०६० पटक
    भक्तपुर, ७ माघ

    तपाईँ नेपालगञ्जवासी हुनुहुन्छ या यहाँको पाहुना। यदि तपाईँ नेपालगञ्जमा हुनुहुन्छ भने अब शौचसँगै सङ्गीतको आनन्द लिन सक्नुहुन्छ। यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालकै पहिलो अत्याधुनिक डिजिटल शौचालय सञ्चालनमा ल्याएको छ।

    सो शौचालयको जमिनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त छ। शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिनेछ। डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको छ। अपाङ्गता तथा महिलामैत्री छ। एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमताका व्यक्तिले शौच गर्न सक्नेछन्।

    पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका खुल्दैन। शौचालय प्रयोगमा आए-नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्छ। शौचालयभित्र शौच गर्दा स्वचालितरूपमा सङ्गीत बज्छ। जो–कोहीले सङ्गीत सुन्दै शौच गर्न पाउनेछन्। शौच गरिसकेपछि शौचालयभित्रै हात धुन पानी र साबुन छ, जुन स्वचालित छ।

    साबुन सङ्केत रहेको तल हात लगेका तरल अवस्थाको साबुन हातमा झर्छ, सँगै रहेको पानी सङ्केत देखाएको तल हात लग्दा पानी झर्छ। नेपालगञ्जको केन्द्र धम्बोझीचोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा सो डिजिटल शौचालय निर्माण गरिएको छ।

    एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधिसहितको शौचालय प्रयोगका लागि सीमित अवधिसम्म निःशुल्क गरिएको उपमहानगरपालिकाले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनुमात्रै उपलब्धि नभएकाले यसको सही सुदपयोगमा जोड दिने बताएका छन्।

    उनले शौचालयलाई सफा राख्नु आफैँमा चुनौतीपूर्ण कार्य भएको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताए। नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इञ्जिनियर प्रकाश डिसीका अनुसार एसएनभी नेदरल्याण्ड्स विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत रु ४६ लाख ३६ हजारको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो।

    नेदरल्याण्ड्स विकास नियोगले यसअघि नै चार बाहिनीचोक र मासुमण्डी नजिक रु ८१ लाख १६ हजार लागतमा दुई सुलभ शौचालय निर्माण गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ। योसँगै नेपालगञ्ज बजारभित्र एक दर्जन सार्वजनिक शौचालय पुगेका छन्। त्यसमा पछिल्लोपटक बनेका शौचालय अत्याधुनिक छन्।

    बजारमा निस्किने यात्रु र पसलेलाई समेत दिसा, पिसाब लाग्दा समस्या हुने गरेको भन्दै गुनासो बढिरहेका बेला नेपालगञ्जमा अत्याधुनिक शौचालय बनिरहेका छन्। शौचालय सञ्चालनमा आएसँगै यसलाई उपमहानगरपालिकाले आफैं सञ्चालन गर्ने वा ठेक्कामा दिने भन्नेबारे निर्णय भइनसकेको वातावरण इञ्जिनीयर डिसीले बताए। यसअघि उपमहानगरपालिकाले तीन घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...