News Portal

  • बाग्मती प्रदेशभरि विद्युतीय बस

    भक्तपुर, ७ माघ
    ११०६ पटक
    भक्तपुर, ७ माघ

    बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने भएको हो ।

    त्यसैगरी, बाग्मती प्रदेश सरकारले अगाडि बढाउने विकास योजनामा प्रदेशका सबै स्थानीय तहलाई सहभागी गराइने र स्थानीय तहले पनि सक्दो लगानी गर्ने सहमति प्रदेश सरकार र स्थानीय तहबीच भएको छ । बाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रदेश सरकार र स्थानीय सरकारबीच भएको बैठकले सो सहमति गरेको थियो ।

    बैठकमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य दीपक निरौला, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी विद्युतीय बस चलाउन सहमत भएका हुन् ।

    निर्माण कम्पनी स्थापना
    प्रदेशको तीव्र विकासका लागि बाग्मती प्रदेश सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्न लागेको मुख्यमन्त्री पौडेलले जानकारी दिए । उनले भने, ‘प्रदेशको भौतिक निर्माणलाई तीव्रता प्रदान गर्न तथा कम समय र लगानीमा गुणस्तरीय विकास गर्न प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार निर्माण कम्पनी’ स्थापना गर्न लागेको हो ।’

    ललितपुर महानगरपालिका प्रमुख महर्जनले दिगो विकास लक्ष्य, २०३० अनुसार विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउन बाग्मती सरकारको तर्फबाट एउटा कम्पनीको व्यवस्थापन गर्ने र त्यो कम्पनीमा मुख्यतः प्रदेशका सबै महानगरपालिका र नगरपालिका समावेश भएर लगानी गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...