News Portal

  • सानोठिमी क्याम्पसमा आर्थिक हिनामिना

     भक्तपुर, ८ माघ
    १२१५ पटक
     भक्तपुर, ८ माघ

    सानोठिमी क्याम्पसमा आर्थिक हिनामिना भएको पाइएको छ। राष्ट्रिय सर्तकता केन्द्रले गरेको छानबिनमा क्याम्पसमा आर्थिक तथा शैक्षिक हिनामिना भएको भेटिएको जनाएको छ। क्याम्पसलाई आवश्यक पर्ने सामग्री मोबाइल, पानी शुद्ध गर्ने मेसिन, स्मारिका र खेलकुद सामग्री खरिद गर्दा त्रिभुवन विश्वविद्यालय आर्थिक व्यवस्थापन तथा खरिद नियममा भएको व्यवस्था पालना नभएको देखिएको छानबिन प्रतिवेदनमा उल्लेख छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त सानोठिमी क्याम्पसका क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले केही सहयोगीसँग मिलेर आर्थिक अनियमितता भएको उजुरी परेपछि सर्तकता केन्द्रले छानबिन गरेको हो। छानबिनमा मोबाइल खरिदमा हिनामिना भएको पाइएको छ। क्याम्पस प्रमुखले १५ हजारसम्मको मोबाइल खरिद गरी बोक्न पाउने त्रिवीको व्यवस्था छ। तर क्याम्पस प्रमुख घिमिरेले एक लाख २० हजारको मोबाइल खरिद गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।

    त्रिवि कार्यकारी परिषद्को निर्णयानुसार तोकिएको सीमाभन्दा १ लाख ४ हजार ७८० बढी मोबाइल खरिद गर्नु नियम संगत नदेखिएको भन्दै महालेखाले बेरुजु कायम गरेको पाइएको छ। वर्तमान निमित्त क्याम्पस प्रमुख होमनाथ दाहालले खेलकुद सामग्री खरिदमा आवश्यक खरिद प्रक्रिया पूरा नगरी क्याम्पस प्रमुख घिमिरेको निर्देशनमा १० लाखका सामग्रीको फर्जी बिल पेस गरेर आर्थिक अनियमितता गरेको पाइएको छ।

    निमित्त प्रमुख दाहालले खेलकुद सामग्री खरिद गर्दा १० लाखको खरिद नगरेको भेटिएको छानबिन प्रतिवेदनमा उल्लेख छ। खेलकुद प्रतियोगिता सञ्चालनका लागि दुई लाख ५३ हजार २१० को सोधभर्ना उपलब्ध गराइएकोमा उनले प्रतियोगिता सञ्चालनअघि नै बजेटसहितको प्रस्ताव तयार नगरी प्रतियोगिता सञ्चालन गरेर खर्च गरेको पाइएको छ।

    विभिन्न मितिमा ६८ हजार १७० को सोधभर्नामा खाजा खर्च जनाइएकोमा खाना खानेको दस्तखतसहितको नामावली संलग्न नभएको पाइएको छ। क्याम्पसको हालसम्म ६४ लाख ३८ हजार ७४१ रुपैयाँ बेरुजु रकम रहेको देखिएको छ। ‘महालेखापरीक्षकको कार्यालयबाट गत वर्षमा औंल्याएको बेरुजु लगत किताब खडा गरी बेरुजुसंग सम्बन्धित प्रमाण कागजात जुटाई फस्र्योट गरी त्यसलाई बर्सेनि अद्यावधिकसमेत गर्नुपर्ने व्यवस्था भए पनि बेरुजुको लगत किताब तयार गरेको देखिएन,’ प्रतिवेदनमा उल्लेख छ।

    यस्तै, महालेखा समक्ष समपरीक्षणको लागि कुनै अनुरोध गरेको नदिइएको बताएको छ। ऐन नियमले गरेको व्यवस्थाउपर यथोचित ध्यान नपुर्‍याएका कारण यस्तो हुनसक्ने र यसको कारणबारे एकिन हुन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख गएिको छ।

    करार शिक्षक नियुक्तमा मनपरी

    त्रिविको अनुमति बेगर करार शिक्षक नियुक्त गरेको पाइएको छानविन प्रतिवेदनमा उल्लेख छ। सानो ठिमी क्याम्पसले २०७६ जेठ १६ मा एक गणित शिक्षक र दुई अंग्रेजी बिषयका शिक्षकलाई आन्तरिक करारमा नियुक्ति गरेको थियो। त्रिवि रजिष्ट्रारको कार्यालयबाट पूर्व स्वीकृति नलिएका कारण नियक्ति भएका आन्तरिक करार शिक्षकलाई तलव भत्ता उपलव्ध हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

    विभागीय प्रमुखमा करार

    त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम विपरित करारका शिक्षकलाई विभागिय प्रमुखमा जिम्मेवारी दिएको छानबिनमा पाइएको छ। नेपाली र गणित विषयमा करार सेवामा कार्यरत शिक्षकहरूलाई तीन वर्षको पदावधि हुने विभागको अध्यक्षको जिम्मेवारी दिइ वरिष्ठ प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापकको मनोबल गिराइ शैक्षिक भ्रष्टाचार गरेको आरोपमा सर्तकताले छानबिन गरेको छ।

    एमएडका अधिकांश विषयको पठनपाठन प्राध्यापक, सह–प्राध्यापकबाट भन्दा पनि करार र आंशिक शिक्षकहरूबाट भइरहेको हुँदा उनीहरूलाई विभागिय प्रमुखको जिम्मेवारी दिएको क्याम्पसले दाबी गरेको छ। पानी सुद्धीकरण गर्ने मेसिन खरिदमा एक लाख रुपैयाँ खर्चिको छ। तर त्रिविको आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियममा २५ हजारभन्दा माथिको सामग्री खरिदमा सोझै खरिद गर्न नपाइने व्यवस्था छ।

    सर्तकता केन्द्रले नियम विपरीत खरिद कार्य गर्ने तथा त्रिविको स्वीकृतिबेगर शिक्षक करारमा नियुक्ति गर्ने पदाधिकारीलाई कानुनबमोजिम कारबाही गर्न त्रिभुवन विश्वविद्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ। सर्तकता केन्द्रले सानोठिमी क्याम्पसलाई लोकसेवा आयोगका परीक्षा केन्द्र राख्दा प्राप्त हुने शुल्कलगायत क्याम्पसले लिने सबै प्रकारका शुल्क र राजश्व लगायतको रकम समयमा नै क्याम्पस खातामा जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। अन्नपुर्णपोस्ट

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...