News Portal

  • भक्तपुरको इतिहासमै किर्तिमानी कायम गर्दै हनुमन्ते सफाई अभियान,शनिवार विशेष कार्यक्रम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० माघ
    १५४३ पटक
    भक्तपुर, १० माघ

    २ वर्ष अघि शुरु भएको भक्तपुरको हनुमन्ते नदी सफाई अभियान ऐतिहासिक १ सय हप्तामा पुगेको छ । भक्तपुरमा हनुमन्ते सफाई अभियान अघि बढ्न नसक्ने दावीलाई चुनौती दिँदै अभियन्ताहरुको निरन्तर सक्रियताका कारण यसले भक्तपुरको सफाई इतिहासमै गौरवमय १ सय हप्ताको किर्तिमान कायम गर्न सफल भएको हो ।

    मङ्सिर २०७४ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका सांसद महेश बस्नेतले आफू निर्वाचित भएको १ सय दिन नपुग्दै हनुमन्ते सफाई अभियानको नेतृत्व गरेका थिए । बागमती सफाई अभियानको सिको गरिएको र यो अभियान भक्तपुरमा लामो समय जान नसक्ने भन्दै केहि मानिसहरुले यसको आलोचना गरेका थिए । तर,’जहाँ आँट, त्यहाँ साथ्’ भने झैँ २०७४ फागुन १९ गते शनिवारबाट शुरु भएको हनुमन्ते नदी सफाई अभियानमा अभियन्ताहरुको सकृयताले सफाई कार्यलाई  शनिवार ऐतिहासिक १ सय हप्तामा पुर्याएको छ । यस अभियानको संयोजन सूर्यविनायक नगरपालिका र सहसंयोजन मथ्यपुर थिमी नगरपालिकाले गर्दै आएको देखिन्छ ।

    अभियन्ताहरुको आलावा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालय,सामाजिक सङ्घसंस्थाहरुका साथै जनप्रतिनिधि र स्थानीयको सकृय सहभागिता रहँदा सफाई अभियानलाई १ सय हप्तासम्म अघि बढाउँन सकिएको अभियन्ता कपिल कसपालले बताए । हनुमन्ते सफाइ अभियान नदी सफाई संगै सडक, पुल र सम्पदा सफाईका अतिरिक्त हरियाली प्रवर्द्धनमा पनि जोडिएको अभियन्ता कसपालको भनाइ छ ।

    १ सय हप्ताको सफाई कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न शनिवार विशेष कार्यक्रम समेत आयोजना गरिएको अर्का अभियन्ता दिनेश थापाले जानकारी दिएका छन् । विहान ७:३० बजे राधेराधे चोकमा भेला भै १ सय हप्ताको समिक्षा र सेलिब्रेशन गरिने थापाले बताए । थापाले जनाए अनुसार शनिवार हरियाली प्रर्बद्धन र सडकमा राखिएका सोलार बत्तीको समेत उद्घाटन गरिने कार्यक्रम राखिएको छ । उक्त उद्घाटन संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको प्रमुख आतिथ्यता तथा पूर्व उद्योग मन्त्री समेत रहेका सांसद महेश बस्नेतको विशेष आतिथ्यताबाट हुने बताइएको छ । सांसद बस्नेतकै पहलमा मन्त्री बस्नेतले सडकको बीचमा हरियाली बनाउन भन्दै यस अघि १ करोड को बजेट उपलब्ध गराएका थिए ।

    हनुमन्ते सफाई अभियानका उत्प्रेरक रुद्र पौडेलले जनाए अनुसार शनिवार सफाइमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मानित समेत गरिने कार्यक्रम रहेको छ । शनिवार सफाइ अभियानको जिम्मा स्थानीय सरकारलाई सुम्पने पनि कार्यक्रम रहेको अभियानका एक अभियन्ताले जानकारी गराए ।

    बागमती नदीको सहायक नदीका रुपमा रहेको यो हनुमन्ते नदीको लम्बाई ९ किमि रहेको छ । भक्तपुरका चारवटै नगरपालिका चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि भएर बहने हनुमन्ते नदीको पानी २ दशक अघि सम्म पिउन योग्य भएको स्थानीयहरुको भनाइ छ । पछिल्लो समय ढल र फोहोरको कारण यो नदी दुर्गन्धीत नदीको रुपमा परिणत भएपछी सफाई अभियान शुरु गरिएको हो । २ वर्षमा नदीलाई पूरै सफा गर्न नसकिएपनि १६ सय टन फोहोर झिकिएको र करिब १ लाख मानिसहरु सफाइ अभियानमा सामेल भएको दावी गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...