News Portal

  • गृहसचिवमा महेश्वर न्यौपाने

    भक्तपुरपोष्ट संवाददाता२० माघ २०७६
    १३६१ पटक
    २० माघ २०७६

    काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृहसचिव बनाउने निर्णय गरेको हो ।

    निवर्तमान गृहसचिव प्रेम राईले अवकाश लिएसँगै न्यौपाने गृहमन्त्रालयमा आएका हुन् । गृह सचिवका लागि न्यौपानेसँगै यादव कोइराला, केदारबहादुर अधिकारी पनि दावेदार थिए ।गृहमा जान सचिवहरुले दौडधुप गरेको खबरहरु पनि आएको थियो । तर सरकारले न्यौपानेलाई गृहमा लगेको छ । उनी पर्यटन मन्त्रालय, सार्वजनिक खरिद अनुगमनसँगै अख्तियारमा पुगेका थिए ।

    यस्तै अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई पठाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...