News Portal

  • तेस्रो लिङ्गीसंग सेक्सपछि हत्या : मोबाइलले खोल्यो रहस्य, पाँच सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता २१ माघ
    ११०५ पटक
    २१ माघ

    मकवानपुर । हेटौडामा हत्या गरिएकी तेस्रो लिङ्गी अजिता भुजेलका हत्याराहरु फेला परेका छन् । मकवानपुर प्रहरीले उनको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ ।

    प्रहरीले भुजेलको हत्यामा संलग्न रहेको भन्दै हेटौडाकै १८ वर्षीय सिमोन परियार, २० वर्षिया एलिसा थापा, २१ वर्षका वुद्ध लामा, २४ वर्षका आशिष बल र शुशिल थापामगरलाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न थप दुई भने फरार रहेका छन् ।

    तेस्रो लिङ्गी भुजेलसंग परियार र थापाले यौन सम्बन्ध बनाएपछि पैसाको विषयमा बिबाद बढ्दा हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशिलसिंह राठोरका अनुसार मकवानपुर प्रहरी र अपराध अनुसन्धान महाशाखा काठमाडौको संयुक्त अनुसन्धानबाट हत्यारा फेला परेका हुन् ।

    हत्याराले ट्रकभित्र सेक्स र हत्या पछि सोही ट्रकमै राखी क्याम्पा डाडामा पुर्याएर शव फालिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

    हत्या गरिएकी भुजेलको हराएको मोबाइल भेटीएपछि हत्याको रहस्य खुलेको बताइएको छ । परियारले बुद्धलाई,उनले आशिष लाई र आशिषले आफ्नी श्रीमतीलाई मोबाइल दिएका थिए । आशिषकी श्रीमती एलिसाले मोबाइल खोल्नासाथ प्रहरीले पाँच जनालाई पक्राउ गर्न सफल भएको छ । अन्य दुई भने अझै फरार छन् । माघ ४ गते बिहान हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो । माघ ४ गते बिहान हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...