News Portal

  • कांग्रेस भ्रष्टहरुको पार्टी भयो – अध्यक्ष बिजुक्छे

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ माघ
    ११५६ पटक
    narayanman bijukchheभक्तपुर, २७ माघ

    भक्तपुर नगरपालिकाद्वारा आयोजित जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको दुई दिने प्रतियोगिता शनिबार सफलताका साथ सम्पन्न  भएको हो ।

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा आइतबार धिमेबाजा प्रतियोगिताको समापन तथा विजयी टोलीहरुलाई पुरस्कार वितरण समेत गरिएको छ ।

    शनिबार र आइतबार गरी दुई दिन आयोजित उक्त प्रतियोगितामा भक्तपुर जिल्लाभरिका ७७ वटा बाजा समूह दर्ता भएकोमा ७२ बाजा समूहले प्रतियोगितामा भाग लिएका नगरपाालिकाले जनाएको छ ।

    धिमे बाजा प्रतियोगितामा भनपा वडा नं. १० कमलविनायकको न्हुज धिमे खलः प्रथम, भनपा वडा नं. ९ दत्तात्रयको ख्वप धिमे खलः द्वितीय, छालिङ ५ चाँगुनारायण नपाको श्री गणेश दाफा भजन समूह तृतीय भएको छ ।

    त्यसैगरी , भक्तपुर – १०को नगाँचा धिमे बाजा खलः र भक्तपुर – ६ याछेंको द राइजिङ कल्चर ग्रुपले सान्त्वना स्थान हासिल गरेका छन् भने सूर्यविनायक नपा पान्डोबजार ६ को पान्डोबजार धिमाय् बाजा खलः र मध्यपुर थिमी गुंगचिवा ६ को गुंगचिवा धिमेले  भने प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

    पुरस्कार वितरण समाराेहलाई सम्बोधन गर्दै बरिस्ठ नेता बिजुक्छेँले नगरपालिकाद्वारा आयोजित धिमे बाजा प्रतियोगिताका प्रतिस्पर्धीहरु अधिकांश नयाँ पुस्ताका युवाहरु रहेकोको खुशी ब्यक्त गरेका थिए। भक्तपुरका जनताको राजनैतिक र सांस्कृतिक स्तर विस्तारै बढ्दै गएको उल्लेख गर्दै उनले आफूले सिकेको सीप र ज्ञान सधैं जीवनउपयोगी हुने र यसलाई पुस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिए ।

    एक राजनीतिक प्रसङ्गमा उनले नेपाली कांग्रेस भ्रष्टाचारीको पक्ष लिने पार्टी हो भन्न समेत भ्याए । अख्तियारले भ्रस्टाचारको आरोप लगाएका नेताको पक्षमा संसद अवरुद्ध पार्ने कांग्रेस प्रति उनले आक्रोश पोखेका हुन् । कांग्रेस भ्रष्टहरुको पार्टी भएको उनको भनाइ छ । बिजुक्छेले सरकारले जनताको पक्षमा काम गर्न नसकेको समेत बताए । उनले स्थानीय सरकारको रुपमा भक्तपुर नगरपालिकाले गरेका कामको भने प्रसंशा गरेका थिए ।

    समारोहका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक प्रवद्र्धनमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने बताउनहुँदै भक्तपुर नपाले भक्तपुरको संस्कृति प्रवद्र्धन र संरक्षणमा अग्रणी भूमिका खेल्ने संस्कृतिकर्मीहरुको सम्मान गर्दै आइरहेको बताए। उनले सांस्कृतिक नगर भक्तपुरमा फागुन १ गतेदेखि निश्चित समयको लागि भारी सवारीसाधन प्रवेश निषेधको योजना अगाडि सारेको खुुुलसा गरे।

    नेमकिपा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले प्रतियोगिता निकै उल्लासमय ढंगले सुचारु भएको भन्दै धिमे बाजामार्फत समाजमा भएका विभिन्न किसिमका समाजिक र राजनीतिक विकृति विरोध गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले पञ्चायत, नेका र नेकपा सरकार ‘गाँसे गुसे एकै नासे’ हुन् भनेका थिए ।

    भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई जीवन्तता दिन सांस्कृति प्रतियोगिताले थप योगदान पु¥याउने बताउदै भक्तपुर महोत्सवमा समाविष्ट गरिने सांस्कृतिक कार्यक्रमहरुबारे जानकारी गराइन ।

    कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष तथा धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य उकेश कवांले धिमेबाजा प्रतियोगिताले नयाँ पुस्तालाई क्रियाशील बनाइराख्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

    उक्त समारोहमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भक्तपुर देशकै सांस्कृतिक महत्व बोकेको ठाउँ भएको भन्दै केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी भएको स्रोत—साधनको अधिकत्तम उपयोग गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य रबिन्द्र ज्याख्वले संचालन गरेका थिए भने, भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, भक्तपुर नपा वडा नं. २का वडाध्यक्ष हरिप्रसाद बासुकला, निर्णायक मण्डलका सदस्य शेषनारायण महर्जनले पनि बोलेका थिए ।

    प्रतियोगितामा प्रथम हुन सफल टोलीलाई नगद रु. ३०,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, सिछ्या १ जोडी, द्वितीय स्थान हासिल गरेको  टोलीलाई नगद रु. २५,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, तृतीय स्थान ओगटेको  टोलीलाई नगद रु. २०,०००।—, धिमे १ थान, सिछ्या १ जोडी र सान्त्वना हुन सफल दुईवटा टोलीलाई नगद रु. १०,०००।—, भुछ्या १ थान, धिमे १ थान प्रदान गरिएको थियो ।

    त्यस्तै प्रतियोगितामा सहभागी सबै टोलीलाई भुछ्या १ जोडी र खाजा खर्च रु. २००० प्रदान गरिएको उक्त समारोहमा निर्णायक मण्डलका सदस्य, धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य, बजार परिक्रमा मूल्यांकनकर्ताहरुलाई मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

     

     

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...