News Portal

  • सरकारले भक्तपुरमा कोरोना भाइरस फैलाउन खोजेको भन्दै तरुण दलले निकाल्यो मसाल जुलुस

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ फागुन २०७६
    ३१५९ पटक
    भक्तपुर, १ फागुन २०७६

    नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल भक्तपुरले सरकार बिरुद्ध मसाल जुलुस गरेको छ । विहीवार साँझ ठिमीमा मशाल जुलुस गरिएको हो ।

    बहाखा बजारबाट शुरु भएको मसाल जुलुसमा नेपाली काँग्रेसका भक्तपुर सभापति दुर्लभ थापा लगायतका जिल्ला नेताहरु समेत सहभागी भएका थिए । सरकारको अधिनायकबाद बिरुद्ध मसाल जुलुस गरिएको काँग्रेस नेता रंजन ढुंगेलले जानकारी गराए । तरुण दलको सरप्राइज मसाल जुलुस सफलतापूर्वक नयाँ ठिमीमा आइ कोण सभामा परिवर्तन भएको थियो । प्रहरीको उनीहरुलाई रोक्ने प्रयास असफल भएपछी उक्त मसाल जुलुस नयाँ ठिमीमा कोण सभा गरी समापन भएको हो ।

    सरकार बिरुद्ध नाराबाजी गर्दै निकालिएको काँग्रेसको मसाल जुलुसलाई स्थानीयले कौतुहलतापूर्वक हेरेका थिए । नयाँ ठिमीस्थित मूल सडकमै कोण सभा हुँदा केहि बेर सवारी आवागमन पनि प्रभावित बनेको थियो ।

    कोण सभालाई सम्बोधन गर्दै तरुण दलका भक्तपुर सभापति राजु थापाले चीनबाट नेपाली उद्धारको नाममा खरीपाटीमा सरकारले जबर्जस्ती उनीहरुलाई राख्न लागेकोले त्यसको प्रतिकार स्वरुप मसाल जुलुस आयोजना गरिएको बताए । सरकार भक्तपुरमा कोरोना भाइरस फैलाउन उद्धत रहेको आरोप लगाउदै थापाले खरीपाटीमा तरुण दलले कुनै पनि हालतमा उनीहरुलाई राख्न नदिने उद्घोष गरेका थिए ।

    तस्वीर : रविन न्यौपाने

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गरी फेसबुकमै समाचार प्राप्त गर्नुस्

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...