News Portal

  • अरनिको सभाभवन निर्माणस्थल परिसरमा सरसफाई

    भक्तपुरपोष्ट संवाददाता१ फागुन २०७६
    ७४९ पटक
    १ फागुन २०७६

    भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं ६ मा अवस्थित अरनिको सभाभवन निर्णाणस्थलमा सरसफाई गरिएको छ ।

    भक्तपुर नगरपालिकाले नगरलाई सुन्दर, स्वच्छ र सफा राख्नको लागि आफ्नो ठाउँ आपैm सफा गरौं भन्ने उद्देश्यले विगत २०७४ साल श्रावण १ गतेदेखि जनप्रतिनिधि, कर्मचारी एवं स्थानिय जनताको उपस्थितिमा नियमित सरसफाईका कार्यक्रमहरु अटुट रुपले सञ्चालन गर्दै आइरहेको छ ।

    सरसफाई कार्यक्रममा बोल्दै वातावरण समितिका संयोजक तथा वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले सांस्कृतिक नगरी भक्तपुर आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्रविन्दुमा रहेकोले सफा र सुन्दर भक्तपुर निर्माणमा जुटेको बताए ।

    आगामी चैत ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव हुने जानकारी दिँदै उनले ऐतिहासिक एवं पुरानो नगर क्षेत्रको सौन्दर्यता कायम गर्न र पैदलयात्रीहरुको सुरक्षाको लागि फागुन १ गतेदेखि पुरानो नगर क्षेत्रमा भारी सवारी साधन प्रवेश निषेध गरिएको समेत जानकारी दिए ।

    वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलार्ई विशेष महत्व दिइरहेको र फागुण ८ गतेदेखि १२ गतेसम्म अन्तर नगर एथलेटिक्स प्रतियोगिता सञ्चालन गर्न लागेको बताए ।

    वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालको सभापतित्वमा सम्पन्न उक्त सरसफाई कार्यक्रममा बोल्दै सुवालले प्रदेश सरकारसँगको सम्झौता भएसँगै अरनिको सभाभवनको निर्माण थालनी गर्न आग्रह गरे । कार्यक्रममा वडा सदस्य रोशनमैया सुवाल र बुद्धिराम अवालले पनि बोलेका थिए ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...