News Portal

  • किन रोकियो फुयालको सपथ

    भक्तपुरपोष्ट संवाददाता२ फागुन २०७६
    ६७७ पटक
    २ फागुन २०७६

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण बागमती प्रदेश सरकारमा मन्त्री थप्ने योजना रोकिएको छ।मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार रामेश्वर फुयाललाई भौतिक योजना तथा विकास मन्त्रीको शपथ खुवाउने योजना बनाएका थिए।

    तर, प्रदेश समिति इन्चार्ज अष्टलक्ष्मी शाक्यले पौडेलको त्यो प्रस्ताव अस्वीकार गरिन्। पार्टीले सरकारको समीक्षा गरेपछि मात्रै मन्त्री नियुक्तिको विषयमा निर्णय गर्ने अडान शाक्यले राखेपछि यो विवाद पार्टीको केन्द्रीय नेतृत्वसम्म पुगेको छ।मुख्यमन्त्री पौडेलले जसरी पनि फुयाललाई मन्त्री बनाउने र इन्चार्ज शाक्यले जसरी पनि रोक्ने अडान राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै पौडेललाई फोन गरेर मन्त्रिपरिषद् विस्तारको काम रोक्न निर्देशन दिएको प्रदेश सरकारका एक मन्त्रीले बताए।

    त्यसपछि मात्रै पौडेल पछि हटेका थिए। फुयाललाई रोक्न नभई पार्टीमा विवाद ननिम्त्यिोस् भनेर प्रधानमन्त्री ओलीले सो निर्देशन दिएको ती मन्त्रीले जानकारी दिए।‘पार्टीभित्र देखिएको आन्तरिक परिस्थितिका कारण तत्कालै मन्त्री थप हुने छैन,’ मुख्यमन्त्री पौडेल निकट एक सांसदले भक्तपुरपोष्टलाई भने।इन्चार्ज शाक्यले प्रदेश सरकारको कामको समीक्षापछि मात्रै समावेशी तरिकाले मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बताइन्।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...