News Portal

  • ‘स्‍नातकपछि छोराछोरी पढाउन खर्च गर्दिनँ’

    भक्तपुरपोष्ट संवाददाता१४ फागुन २०७६
    १४३ पटक
    १४ फागुन २०७६

    रोल्पा। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)ले आफ्ना एक छोरा र एक छोरीलाई स्नातक तहपछि खर्च दिएर नपढाउने घोषणा गरेका छन् । मन्त्री पुनले स्नातकपछि आफ्ना छोराछोरीलाई काममा लाग्न र कामबाट आएको आम्दानीले पढ्न भनिसकेको बताए ।

    ‘मेरा एक छोरा र छोरीलाई बीएसम्म पढाउँछु’, रोल्पाको गंगादेव गाउँपालिका राँकस्थित जनज्योति माविको भवन हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा मन्त्री पुनले मंगलबार भने, ‘म सक्ने भए पनि छोराछोरीलाई पढ्नका लागि खर्च दिन्नँ । म आर्थिक दायित्व लिन सक्दिनँ आफैं कमाएर पढ्नू भनिसकेको छु ।’

    मन्त्री पुनले स्नातक तह अध्ययन गरेका विद्यार्थीले आफैं काम गरेर पढ्न सक्ने भए पनि नेपालमा त्यसो हुन नसक्नु बिडम्बना भएको बताए । उनले आफूले जस्तै छोराछोरीलाई आफैं कमाएर पढ्नका लागि प्रशिक्षित गर्न अभिभावकहरूलाई आग्रह गरे ।

    विदेशतिर १८ वर्ष उमेर कटेका छोराछोरी बाबुआमासँग नबस्ने गरेको भन्दै मन्त्री पुनले नेपालमा भने काम गर्ने उमेरका युवा आमाबाबुको कमाइमा बाँच्ने गरेको चर्चा गरे । ‘१८ वर्ष पुगेको हरेक मानिस दक्ष जनशक्ति हो’, उनले भने, ‘१८ वर्षपछिकाले बाबुआमाको कमाइ खाने होइन, आफैं कमाएर खानुपर्छ ।’

    आफू एक कक्षामा भर्ना हुँदा गाउँबाट डेढ घण्टा खाली खुट्टा पैदल हिंडेर स्कुल जाने गरेको स्मरण गर्दै मन्त्री पुनले अहिले टोलटोलमा स्कुल रहेको भन्दै त्यसलाई परिवर्तन र क्रान्तिसँग तुलना गरे । गलत शिक्षा नीतिका कारण विद्यालय र क्याम्पस बेरोजगार उत्पादन गर्ने थलोका रुपमा रुपान्तरण भएकाले वर्तमान सरकारले शिक्षालाई व्यवहार, सीप, श्रम र दक्षतासँग जोडेर शिक्षा नीति विस्तार गरेको मन्त्री पुनको भनाइ थियो ।

    ‘सरकारले व्यवहारिक, वैज्ञानिक र जीवनोपयोगी शिक्षामा जोड दिएको छ’, मन्त्री पुनले भने, ‘अब स्कुल र क्याम्पसबाट बेरोजगार होइन, देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुन्छ ।’ उनले विद्यालयस्तरमै प्राविधिक धारको शिक्षामा जोड दिइएकाले विगतको जस्तो अवस्था अब नरहने उल्लेख गरे।

    अन्नपूर्णपोष्टमा खबर छ ।

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीकाे नयाँ खुलासा : भगवान राम भारतमा नभई नेपालमै जन्मिएका

    प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान कहलिएका राम भारतमा नभई नेपालमा जन्मिएका नयाँ खुलासा गरेका छन्...

    तराइ क्षेत्र डुबानमा पर्नुमा भारतको हात : गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापा बादलले प्रत्येक वर्षामा तराइ क्षेत्र डुबानमा पर्नुमा भारतको हात रहेको बताएका छन्...

    छोरीलाई एक नम्बरमा उर्तीण गराउन खोज्ने अधिकृतमाथि कारबाही हुने

    छोरीलाई परीक्षामा एक नम्बरमा उर्तीण गराउन खोज्ने लोक सेवा आयोगको अधिकृतमाथि कारबाही हुने भएको छ...

    अभियुक्तलाई छुटाइदिने भन्दै पैसा बार्गेनिङ्ग गर्ने पत्रकार पक्राउ

    प्रहरी हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै पैसा बार्गेनिङ्ग गर्ने पत्रकार पक्राउ परेका छन् । बाराका...

    यातायात कार्यालयका कारण नपलीका स्थानीय आन्दोलित

    भक्तपुर नगरपालिका वडा नम्बर १ नपलीका स्थानीय आन्दोलित भएका छन् । यहाँस्थित यातायात व्यवस्था सेवा...