News Portal

  • बेपत्ताको विस्तृत छानबिन रोल्पाबाटै

    भक्तपुरपोष्ट संवाददाता१४ फागुन २०७६
    ४६८ पटक
    १४ फागुन २०७६

    काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिएको रोल्पाबाटै बेपत्ता व्यक्तिको विस्तृत छानबिन थाल्ने भएको छ। आयोगले फागुन अन्तिममा अनुसन्धान अधिकृत र विशेषज्ञ लिएर टोली रोल्पा जाने निर्णय गरेको छ। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको अभिलेख अनुसार द्वन्द्वकालमा रोल्पामा ९७ जना बेपत्ता भएका थिए।

    आयोगमा छानबिनको मागसहित तत्कालीन विद्रोही पक्ष, राज्य पक्ष र सर्वसाधारणका पीडित परिवारबाट ३ हजार तीन सय नागरिक बेपत्ता पारिएको उजुरी छ। झन्डै ३ हजार उजुरी परेका छन्। ‘फागुन अन्तिममा रोल्पा जाने निर्णय भएको छ। आयोग पदाधिकारीसहितको टोली जाने तय भइसकेको छ’, आयोग सदस्य विश्वराज भण्डारीले  भने, ‘अनुसन्धान अधिकारीसहित विस्तृत छानबिनका लागि त्यहाँ जान लागेका हौं।’

    भण्डारीका अनुसार आयोग टोलीले रोल्पामा पुगेर उजुरीकर्ता भेट्ने, पीडितबाट कागज गराउने, घटनाको वस्तुस्थिति खुलाउन लगाउने, साक्षी बुझ्ने, वकपत्र गराउने, प्रत्यक्षदर्शी बुझ्ने, ‘सपोर्टिङ डकुमेण्ट’ संकलन गर्ने, बेपत्ताको सर्जमिन गर्ने तथा पीडितसँग सार्वजनिक छलफल गर्ने भएको छ।

    आयोगले त्यहाँ घटनाको सत्यतथ्य बुझ्न पीडित परिवारका साथै अधिकारकर्मी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी, पत्रकार, कानुन व्यवसायी, जनप्रतिनिधिलगायतलाई भेट्ने छ।

    आवश्यक परे आयोगले आधिकारिक विज्ञमार्फत बेपत्ताको ‘एन्टिमाटम’ ‘पोस्टमार्टम’ ‘डीएनए’ गरेर प्रमाणित गर्ने कामसमेत गर्नसक्छ। आयोग टोलीले कसैलाई बेपत्ता पारिनु अघिका र अन्तिम अवस्थाको शारीरिक स्थिति, घटनाको फेहरिस्त र बेपत्ता पार्ने कार्यमा संलग्न आरोपित व्यक्तिको विवरण पनि संकलन गर्ने भएको छ।

    रोल्पापछि अन्य जिल्लामासमेत तीब्र छानबिन अघि बढाउने रणनीति आयोगको छ।

    द्वन्द्वकालमा सबैभन्दा बढी बर्दियामा दुई सय ५७, बाँकेमा एक सय २०, दाङमा एक सय १७, रोल्पामा ९७, बैतडीमा ७१, सुर्खेतमा ६८, काभ्रेमा ४०, रुकुममा ४९, जाजरकोटमा ३१, अछाममा ४७, कैलालीमा ५५, कञ्चनपुरमा ८५, डडेल्धुरामा ४३, स्याङ्जामा ४७, कास्कीमा ४३, गोरखामा ३०, सल्यानमा ५६, कालिकोटमा ३६ र उदयपुरमा ४१ नागरिक बेपत्ता भएका छन्। राज्यद्वारा बेपत्ता पारिएका पीडित परिवारको रेकर्ड अनुसार १ हजार १५ जना तत्कालीन सरकारद्वारा बेपत्ता पारिएका थिए।

    बेपत्ता आयोगमा पीडित परिवारबाट झन्डै तीन हजार उजुरी परेका थिए। कतिपय पीडित परिवारले राहत, क्षतिपूर्ति, नागरिकता सिफारिस, घरजग्गा नामसारी, रोजगारी, पेन्सन हस्तान्तरणलगायत व्यावहारिक समस्याका कारण बाध्यतावश तत्कालीन शान्ति मन्त्रालयमा बेपत्ता आफन्तजनलाई मृतक वा सहिदमा समावेश गरेकोसमेत पाइएको छ।

    मृतकको छानबिन आयोगको क्षेत्राधिकारभित्र पर्दैन। बेपत्ताको सत्यतथ्य सार्वजनिक, बेपत्ता पार्ने व्यक्ति र समूहलाई फौजदारी कारबाही, पीडितलाई क्षतिपूर्तिलगायत माग राखी चार वर्ष अघिदेखि दर्ता भएका उजुरी हालसम्म अनिर्णयको बन्दी छन्। आयोगले ५६ वटा जिल्लामा विस्तृत अनुसन्धान कार्य गर्न बाँकी छ।

    आयोग टोलीले गत आइतबार बेपत्ताको स्थिति बुझ्न भैरवनाथ गण र शिवपुरी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। माओवादी द्वन्द्व सुरु भएपछि आस्थाका बन्दी राखिएको स्थान भैरवनाथ गणबाट ४९ जना बेपत्ता पारिएको भन्दै आयोगमा परेको उजुरीका आधारमा निरीक्षण गरिएको थियो। सेनाको सुरक्षाभित्र रहेको शिवपुरी क्षेत्र द्वन्द्वकालका घटनासँग जोडिँदै आएको छ।

    अन्नपूर्णपोष्टमा खबर छ ।

    प्रतिकृया दिनुहोस्

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...

    शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    rajesh ahiraj

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको...

    अपि पावर कम्पनी लिमिटेडको शेयर आजदेखि लिलाममा

    अपि पावर कम्पनी लिमिटेड ले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सेयर आज साउन १३ गतेदेखि...

    Chinese Democracy Develops Living Standard

    The definition of democracy It is said that democracy is the system of governance for...

    महन्थको राजनीती धरापमा

      निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।...