News Portal

  • गणेश मन्दिरमा क्षमा पूजा सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता
    १६३३ पटक

    भक्तपुर १ स्थित गणेश मन्दिरमा क्षमा पूजा सम्पन्न भएको छ । च्वंगा गणेश मन्दिर जाने बाटोमा पाटी संगै बनेको नवनिर्मित मन्दिरमा शुक्रवार क्षमा पूजा सम्पन्न भएको हो ।

    स्थानीय मुपुज्व: टोल सुधार समितिले निर्माण गरेको मन्दिरमा त्यहिँ रहेको गणेशको मूर्ती स्थापित गरिएको हो । क्षमा पूजामा समे बजी लगायत अर्पण गर्दै पूजा गरिएको थियो भने उपस्थित भक्तजनले प्रसाद ग्रहण गरेका थिए । उक्त अवसरमा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    मन्दिर निर्माणमा नगद र जिन्सी गरी सैतीस लाख खर्च भएको र आठ लाख ऋण रहेको टोल सुधार समितिका अध्यक्ष शारदा भक्त बैद्य(साइला)ले जानकारी गराए । उनका अनुसार स्थानीयकै पहल र सहयोगमा निर्माण सम्पन्न भएको हो । ” नगरपालिकाले पनि आस्वाशन दिएको छ । हामी सहयोगको लागि निवेदन दिदैछौ ।” उनले भने ।

    च्वंगा गणेशको फेदिमै मूल सडकको पाटीसंगै प्राचिन शैलीमा बनेको नवनिर्मित मन्दिर आकर्षक देखिएको छ । यसले धार्मिक आस्था मात्र नभई यस क्षेत्रको शोभा समेत बढाएको स्थानीय कृष्ण चौगुठी बताउछन ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...