News Portal

  • प्रतिनिधिसभा बैठक स्थगित

    भक्तपुरपोष्ट संवाददाता६ चैत २०७६
    ६७८ पटक
    ६ चैत २०७६

    काठमाडौं ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार (भोलि)का लागि बोलाइएको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको हो ।

    बिहीबार साँझ बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले भोलिका तय भएको प्रतिनिधि सभाको बैठक १३ गतेसम्मका सार्ने निर्णय गरेको हो । कोरोना संक्रमणको त्रासका कारण शुक्रबार तय भएको बैठक सारिएको हो ।

    यस्तै, शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित हुने वा नहुनेबारे औपचारिक निर्णय भएको छैन । यसको निर्णय भोलिमात्र हुनेछ छ।तर, संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार भोलि राष्ट्रिय सभाको बैठक बस्ने वा नबस्ने बारे सरकारको निर्णयमा भर पर्छ ।

    ‘सरकारले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेमा राष्ट्रपतिबाट आउने पत्र बाचनका लागि भोलिको बैठक बस्छ । राष्ट्रपतिबाट पत्र नआएको खण्डमा सूचना टाँसेर भोलिको बैठक स्थगित हुने संभावना रहेको उनले  बताए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...