News Portal

  • भक्तपुरसहित उपत्यकाका ५ स्थानमा शुक्रवारदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

    भक्तपुरपोष्ट संवाददाता६ चैत २०७६
    २५२९ पटक
    ६ चैत २०७६

    काठमाडौं । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले भक्तपुरसहित उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । भक्तपुरसहित सतुगंल, कालीमाटी, कोटेश्वर र बनेपामा सुपथ मूल्य पसल सञ्चालन हुने भएको हो ।

    बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने बताए ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने मन्त्री भट्टले जानकारी दिए । सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडी सुपथ मूल्यमा पाइन्छ ।करिब ६ महिनालाई पुग्गे खाद्यान्न, ८ महिनालाई पुग्ने औषधि, १० महिनालाई पुग्ने नुन र ३ महिनासम्म पुग्ने चिनी बाँकी रहेको मन्त्री भट्टले बताए ।

    उनले ग्यास आयातमा समस्या नभए पनि केही व्यवसायीको कमजोरीले समस्या देखिएको भन्दै अब छिटै हल हुने जानकारी दिए । जनताको घरमा आवश्यक भन्दा बढी सामान मौज्दात गरेको सूचना पाए पनि छापा मार्न नमिल्ने बताए ।

    बालाजु र चाबहिलमा त्यस्तो पसलका लागि गृहकार्य भईरहेको साल्ट ट्रेडिङका कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । त्यस्ता पसलमा खाद्यन्न तथा नुन सुपथ मूल्यमा पाईनुका साथै एसटीसी ग्यासको सिलिन्डर पनि साटिने कर्पोरेसनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...