News Portal

  • अधिकारी राष्ट्र बैंकको १७औं गभर्नर बन्न सफल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ चैत
    १२१३ पटक
    भक्तपुर, २४ चैत

    नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त छन् । सरकारले उनलाई सोमबार नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरेको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई गभर्नर नियुक्त गरे संगै उनी नेपाल राष्ट्र बैंकको १७औं गभर्नर भएका छन् ।

    निवर्तमान गभर्नर चिरञ्जिवी नेपालको कार्यकाल सकिएपछि २ सातादेखि सो पद रिक्त रहेको थियो ।

    गभर्नर छनौटका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको समितिले तीनजनाको नाम सिफारिश गरेको थियो। सिफारिसमा परेका केशवप्रसाद भट्टराइ र चिन्तामणि सिवाकोटी लाई पछि पार्दै अधिकारी नेपाल राष्ट्र बैंकको १७औं गभर्नर बन्न सफल भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...