News Portal

  • औषधी सप्लायर्सको पासमा रक्सी सेवन गरि दुर्घटना गराउने दाहाललाई उन्मुक्ति

    भक्तपुरपोष्ट संवाददाताठिमी, २७ चैत
    २३५४ पटक
    ठिमी, २७ चैत

    बा१२च १०१३ नम्बरको निजी कारले मध्यपुर थिमिको तेर्सेटारमा स्कुटर यात्रुलाई ठक्कर दिएको छ ।

    अत्यधिक तीब्र गतिमा रहेको कारले बेलुकी सवा छ बजेको समयमा पैदल यात्रुहरु लाई छुदै स्कुटरमा सवार युवतीलाई ठक्कर दिएको हो ।

    कार चालक जनक दाहालले मादक पदार्थ सेवन गरि कार चलाएका थिए । उनले मादक पदार्थ सेवन गरि सवारी चलाउदा दुर्घटना भएको एक प्रत्यक्षदर्शीले भक्तपुर पोस्ट लाई जानकारी गराएका हुन् । “दुर्घटना गराउछ भन्दाभन्दै गरायो ।” उनले भने ।

    महानगरीय प्रहरी बृत्त थिमिले कार चालक दाहालले मदिरा सेवन गरेको पुष्टि गरेको छ ।तर, दिन दहाडै मादक पदार्थ सेवन गरि दुर्घटना गराएका दहाललाई प्रहरीले राजनीतिक दबाबमा नियन्त्रणमा लिएको १ घन्टामै छोडेको बृत्त श्रोतले बतायो ।

    दुर्घटनाबाट  स्कुटर चालक शान्ति पाण्डे घाइते भएकी छन् । उनलाई नगरीक अस्पतालमा राखिएको छ । उनको अवस्था सामान्य रहेकोले कार चालक दाहाललाई छोडिएको थिमि बृत्तका एक प्रहरी अधिकृतले बताए ।

    बृत्त श्रोतले भने लकडाउनको समयमा औषधी सप्लायर्सको सवारी पास लिएर मादक पदार्थ सेवन गरि सवारी चलाउने र दुर्घटना समेत गराउनेलाइ सवारी सहित छोड्नु पर्दा दुख लागेको जानकारी गराएको छ । बृत्त प्रमुख डीएसपी शान्तिराज कोइरालाले भने आफूले यस बिषयमा थप बुझेर बताउने प्रतिक्रिया दिए ।

    हेर्नुस् औषधी सप्लायर्सको पास लिएको कारमा सजिएका चुरोटका डब्बा । अत्यावश्यक सामाग्री सप्लायर्सको पास लिएर मोजमस्तीमा प्रयोग गर्ने र मापसे गरेर दुर्घटना गराउदा समेत उन्मुक्ति पाउने पहुँचवाला सवारी ।

    फोटो : भक्तपुर पोस्ट

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...