News Portal

  • भक्तपुर नगरपालिकामा कोरोना भाइरस परीक्षण सुरु

    भक्तपुरपोष्ट संवाददाता९ बैशाख २०७७
    ८६६ पटक
    ९ बैशाख २०७७

    भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य सेवा केन्द्रद्वारा बैशाख ८ गतेदेखि कोरोना भाइरस रोगको परीक्षण RDT(Rapid Diagnostic Test) सुरु गरेको छ ।

    संसारभर फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विदेशबाट फर्किएका व्यक्ति र सम्भावित व्यक्तिहरुको कोरोना भाइरस परीक्षण अभियानस्वरुप भक्तपुर नगरमा आजबाट आरटीडी टेस्ट सुरु गरेको हो ।

    आज बिहान ११ बजे भक्तपुर नपा वडा नं. १० कमलविनायक सरस्वती विद्यागृहबाट सो परीक्षणको अभियान सुरु भएको र आज ९ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ (Negative) आएको छ ।

    यसैगरी भोलि दिनको ११ बजेदेखि २ बजेसम्म भक्तपुर नपा वडा नं. ४ तालाक्व, वडा नं. ५ भगवतीस्थान र वडा नं. ९ इन्जिनियरिङ कलेज प्रा·ण चैत्र १ गतेपछि भक्तपुर आएका व्यक्तिहरुको RDT(Rapid Diagnostic Test) परीक्षण हुने जानकारी जनस्वास्थ्य केन्द्रले दिएको छ ।

    गत चैत्र १ गतेदेखि विभिन्न देशबाट नेपाल फर्केका भक्तपुर नगरबासीहरुलाई RDT(Rapid Diagnostic Test) परीक्षण निम्ति सम्बन्धित वडा कार्यालयमा सम्पर्कको निम्ति भक्तपुर नपाले अनरोध गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...