News Portal

  • मन्त्रालयले भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित भक्तपुरबासी होइनन् : एसपी थापा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ असार
    ५३७७ पटक
    भक्तपुर, ११ असार

    बुधवार भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित व्यक्ति भक्तपुरबासी नभएको थाहाँ भएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोरोना ब्रिफिंग कार्यक्रममा भक्तपुरका १ सहित ६ सय २९ नयाँ संक्रमित भेटिएको भनेको थियो ।

    भक्तपुरको प्रहरी प्रमुख रहेकी एसपी तारादेवी थापाले भक्तपुरको संक्रमित भनिएका व्यक्ति भक्तपुरबासी नभएको पुष्टि गरेकी हुन् । भक्तपुरपोस्ट संग कुरा गर्दै एसपी थापाले भनिन्, ” उहाँको ठेगाना भक्तपुर रहेपनि उहाँ काठमाडौंबासी हो । भक्तपुरबासी होइन ।”

    एसपी थापाका अनुसार भक्तपुरका संक्रमित भनिएका व्यक्तिको भक्तपुरमा बसाइ र प्रवेश दुवै देखिएको छैन । भक्तपुर जन्मस्थान रहेपनि उनी काठमाडौंमा बस्दै आएका थाहाँ भएकाे छ । उनी केहिदिन अघि विदेशबाट फर्किएर काठमाडौंकै एक क्वारेन्टाइनमा रहेका र त्यहीँबाट चेकजाँच गर्दा कोरोना संक्रमण देखिएको बताइएको छ ।

    यस अघि असार छ गते भक्तपुरमा ७ जनामा संक्रमण भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको थियो । उनीहरु पनि भक्तपुरबासी नभई भक्तपुरको क्वारेन्टाइनमा रही स्वाब जाँचका लागि पठाइएका विदेशबाट फर्किएका उपत्यका बाहिरका व्यक्तिहरु रहेका थिए ।

    सामाजिक संजालमै अपडेटका लागि हाम्रो पेज लाइक र फलो गर्नुहोला ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...