News Portal

  • भक्तपुरमा २ सहित थप १०१ जना कोरोना संक्रमित, कुल संख्या १७ हजार ४४५ पुग्यो

    भक्तपुरपोस्ट संवाददाता२ श्रावण २०७७
    १०७३ पटक
    २ श्रावण २०७७

    काठमाडौं । शुक्रबार भक्तपुरमा २ सहित थप १०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १०१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १७ हजार ४४५ जना पुगेको छ ।

    पछिल्लो पटक शुक्रबार १०१ जना संक्रमित थपिएका हुन् । यसैगरी, ११  हजार ५३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २८५ जना संक्रमित उपचारपछि निको भएर घर फर्कीएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ४० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै लमजुङमा २२ जना संक्रमित थपिएका छन् । यस्तै रोल्पाका १३, बर्दियाका १०, रौतहट र धनुषाका ८/८ जना, तनहुँका ७, दाङका ५ तथा नवलपुर र बाराका ३/३ जनामा पनि संक्रमण पुष्टि भएको छ । झापा, मोरङ, पर्सा, नुवाकोट र भक्तपुरका २-२ जना तथा सप्तरी, मकवानपुर, सिन्धुली, काभ्रे, काठमाडौं, पाल्पा, रुपन्देही, सल्यान, रुकुम पश्चिम, डडेलधुरा, बझाङ र डोटीका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...