News Portal

  • ५ दिन कैद र जरिवाना फैसला भएपछि फरार सल्लाघारीका प्रधानाङ्ग पक्राउ

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, ५ साउन
    ३७०३ पटक
    सूर्यविनायक, ५ साउन

    बैंकिङ कसुर मुद्धामा ५ दिन कैद र करिब ७ लाख जरिवाना फैसला भएका मधुराम प्रधानाङ्ग सोमबार पक्राउ परेका छन् । पक्राउ परे लगत्तै प्रधानाङ्गलाइ कारागार चलान गरिएको छ ।

    भक्तपुर नगरपालिका वडा नम्बर ५ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारी बस्ने ५८ वर्षीय प्रधानाङ्गलाई भक्तपुर जिल्ला अदालतले गत माघमा ५ दिन कैद र ६ लाख ९६ हजार १ सय रुपैया जरिवाना हुने फैसला सुनाएको थियो ।

    प्रतिभा नायभा श्रेष्‍ठको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी मधुराम प्रधानाङ्ग भएको बैंकिङ कसुर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट उक्त फैसला भएपछि उनी फरार रहेका थिए ।

    महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरी प्रधानाङ्गलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले फैसला कार्यान्वयनको लागि सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवल पठाउने आदेश दिएकोले आदेशको कार्यान्वयन गरिएको डिएसपी दिपक गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...