News Portal

  • बस्नेत र बास्कोटासंग बालकाेटमा १ घण्टा बिताएर फर्किए प्रधानमन्त्री ओली

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, १९ साउन
    १६२० पटक
    भक्तपुर, १९ साउन

    प्रधानमन्त्री केपी शर्मा ओली उनको बालकोट स्थित घरमा आएका छन् । प्रधानमन्त्री भएपछि बालुवाटार बस्दै आएका उनी धेरैपछि बालकोट आएर फर्केका हुन् ।

    प्रधानमन्त्रीको यहाँ कुनै औपचारिक कार्यक्रम भने तय भएको थिएन । आज करिब ११ : ३० बजे उनी पत्नी राधिका सहित बालकोटस्थित आफ्नो घरमा आएका थिए ।

    नेकपाको आन्तरिक बिबाद उत्कर्षमा रहेका बेला उनी बालकोट आउनुलाई अर्थपूर्ण मानिएको छ । बालुवाटारमा हुन नसक्ने राजनीतिक भेटघाट बालकोटमा हुनसक्ने भएकाले उनी आएको आशंका गरिएपनि उनी निकट श्रोतले त्यसलाई अस्वीकार गरेको छ । उनलाई घरको नियास्रो लागेकोले बालकोट आएका जिकिर गरिएको छ । उनी करिब १ घण्टा घरमा बसेका र आफ्नाे बगैचा हेरेर फर्कीएका उनी निकट श्राेतले बताएकाे छ ।

    नेकपाका एक अध्यक्ष समेत रहेका आेलीलाइ भेट्न उनी निकट नेताहरु  बालकोट पुगेका थिए । भक्तपुर पाेस्ट श्राेतका अनुसार पूर्वमन्त्रीसमेत रहेका सांसद एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेत त्यसैगरी अर्का पूर्वमन्त्री एवं सांसद समेत रहेका केन्द्रीय सदस्य गोकुल बास्कोटा लगायत संग उनले समय बिताएका थिए । नेताद्वय बस्नेत र बास्कोटा प्रम ओलीका बिस्वासपात्र मानिन्छन् ।बालकोटस्थित उनको घरमा बास्कोटा बस्दै आएका छन्।

    प्रधानमन्त्री अेालीको सुरक्षाको लागि एसपी तारादेवी थापाकै कमाण्डमा ब्यापक सुरक्षाकर्मी तैनाथ गरिएका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...