News Portal

  • सूर्यविनायकका श्रेष्ठसंग १० लाख ठग्ने अमेरिकी नागरिक समातिए

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, २० साउन
    १०९९ पटक
    सूर्यविनायक, २० साउन

    अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै भक्तपुरका एक व्यक्तिबाट १० लाख ठगी गर्ने अमेरिकी नागरिक प्रहरी फन्दामा परेका छन् । ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ६५ वर्षीय ड्यानिअल ली म्याक्गीलाई प्रहरीले पक्राउ गरेको हो ।

    सूर्यबिनायक-६ घर भएका टुक नारायण श्रेष्ठको कोटेश्वरस्थित एटलास सेक्युरिटी कम्पनीलाई अमेरिकामा दर्ता गरी पार्टनरसमेत बनाउँने प्रलोभन देखाई ड्यानिअलले १० लाख रुपैयाँ ठगी गरेपछि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका अमेरिकी नागरिक ६५ वर्षीय ड्यानिअल ली म्याक्गीले टुक नारायणका अलावा अन्य २ जनालाई पनि ठग्न खोजेको प्रहरीले जानकारी गराएको छ । बिजनेस भिषामा अमेरिका लान्छु भनी जनही ५ लाख रुपैयाँ ठग्ने प्रयास गर्दागर्दै महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको हाे ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...