News Portal

  • घाम लाग्दा घर, पानी पर्दा डाँडा

    ९२२ पटक

    डोटी, २२ साउन । डोटी सायल गाउँपालिका–२ भुर्केला गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँ माथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका ३ सय ९० जना अहिले गाउँ छोडेर गाउँ माथिको अग्लो डाँडामा पालमुनि बस्नुपरेको छ । गएको शनिबार आएको ठूलो पहिरोका कारण उक्त गाउँका ३५ घरपरिवार आफ्नो गाउँ छोडेर विस्थापित भएका छन् ।

    पहिरोका कारण गाउँ छोडेर गएकाहरु अहिले साउन महिनाको झरीमा पालमुनि रात बिताउन बाध्य भएका छन् । पालमुनि बास भएका कारण उनीहरुलाई राति सुत्दा सर्प, लामखुट्टे र जंगली जनावरले सताउने गरेको सायल गाउँपालिकाका स्थानीयबासी धर्मराज जोशीले बताउनुभयो ।
    त्यसै गरी शौचालय, खानेपानी तथा उज्यालोका लागि बत्ती समेत नहुँदा उनीहरुलाई दिनहुँ सास्ती हुने गरेको छ । विस्थापितहरुलाई खानेकुरो त छोडौं, शौचालय गर्ने ठाउँ र शुद्ध पानी नहुँदा समस्या भएको छ, फोहोर पानी प्रयोग गरेकाले झाडा पखाला हुने सम्भावना बढेको छ ।

    विस्थापित भएका परिवारहरुसँग केटाकेटी भएका कारण बस्न, खानदेखि अन्य कामका लागि पनि निकै समस्या हुँदै आएको स्थानीयबासी बताउँछन् । विस्थापित भएको तीन दिन भइसक्दा समेत कुनै पनि निकायबाट राहत उपलब्ध नभएको पीडितले गुनासो गरेका छन् । उनीहरु भन्छन्– ‘पहिरोले हाम्रो सम्पत्ति त लग्यो, बाँच्नलाई भए पनि एकछाक खाने कुरो त देऊ ।

    बेला लगातार पानी पर्न थालेपछि सुरक्षित बासका लागि गाउँ छोडेर पालमुनि बस्नुपरेको उनीहरुको भनाइ छ । सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले गाउँको तल र माथिबाट पहिरो जान थालेपछि भुर्केला गाउँबासी केही दिन पहिलेदेखि विस्थापित भएर पालमुनि बसेको बताउनुभयो । समाचार पत्रबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...