News Portal

  • सिडिअेा कार्यालयकाे सामान्य सेवा बन्द, यि अत्यावश्यक सेवा भने सुचारु रहने

    भक्तपुरपाेस्ट संवाददाताभक्तपुर, २३ साउन
    १६३१ पटक
    bhaktapur cdoभक्तपुर, २३ साउन

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरेको छ । दुई साताका लागि सेवाहरु बन्द गरिएको हो ।

    जिप्रकाले जनाए अनुसार बन्द भएका सेवाहरुमा नागरिकता र राहदानी सम्बन्धी सेवा परेका छन् । नागरिकता र राहदानीका लागि मानिसहरुको भिड लाग्ने भएपछि यी सेवाहरु बन्द गरिएका हुन् । त्यसैगरी संघ संस्था दर्ता/नवीकरण र सिफारिस सम्बन्धी कार्य लगायत अत्यावश्यक नभएका सबै सेवा समेत बन्द गरिएको छ । जिप्रकाले एक सूचना जारी गरी अर्को निर्णय नहुन्जेल भदौं ८ सम्मलाई सामान्य सेवा बन्द गरेको हो ।

    अत्यावश्यक मानिने शान्ति सुरक्षा सम्बन्धी कार्यहरू, उजुरी र मुद्दा सम्बन्धी कार्य भने सुचारु राखिएको भक्तपुरका सहायक प्रजिअ दुर्गादत्त ढकालले जानकारी दिए । विपद् व्यवस्थापन कार्य र अत्यावश्यक कामका लागि सवारी पास सम्बन्धी सेवा पनि खुला रहेको उनको भनाइ छ । गृह मन्त्रालयको निर्देशमा उपत्यकाका तीनै सिडिओ सहितको बैठकको कार्यालय सट डाउन गर्ने निर्णय अनुसार अत्यावश्यक सेवा खुला र साे बाहेकका सामान्य सेवा बन्द गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...