News Portal

  • लामो दूरीका सवारी सञ्चालन अन्योलमा

    २२८ पटक

    काठमाडौं, २५ साउन । भदौ १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मतभेद देखिएको छ । यातायात व्यवसायीले सामाजिक दूरी कायम गर्ने विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।

    प्राविधिक विषयमा नै विवाद रहे पनि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण भदौ १ देखि नै लामो दूरीका यातायात चल्ने विषयमा पनि प्रश्न रहेको छ । चल्ने भएको खण्डमा आफूहरू लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी चलाउन तयार रहेको भए पनि सुरक्षा मापदण्डबारे कुनै जानकारी नै नभएको महासङ्घका महासचिव सरोज सिटौलले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “गाडी चलाउने तयारीमा छौँ तर सुरक्षा कस्तो हुने ? अन्योल छ, हामीलाई केही भनिएको छैन ।” कति यात्रु चढाउने, बीचमा चढाउन वा ओराल्न पाइने कि नपाइने भन्ने विषय अन्योलमा नै रहेको छ । छोटो दूरीको मापदण्ड लामो दूरीलाई काम नलाग्ने उहाँको भनाइ छ । उहाँले मास्क तथा सेनिटाइजर प्रयोगको कुरा समान्य भएको भन्दै यात्रुको व्यवस्थापनबारे ठोस निर्णय हुनुपर्ने बताउनुभयो । सबै सिटमा यात्रु राख्न पाइने वा नपाइने कुरा पनि लामो दूरीलाई नभनिएको सिटौलाको भनाइ छ ।

    उता कोरोना सङ्क्रमण फैलने क्रम जारी रहेको र केही जिल्ला सिलबन्दी गरिएको अवस्थामा लामो दूरीका सवारी सञ्चालन हुन्छन् वा हुन्नन् भन्ने नै भन्न नसकिने अवस्था छ तर व्यवसायी चलाउन तयार रहेको र सरकारले के गर्छ भन्नेमा नै रहेको पनि सिटौलाले बताउनुभयो ।

    यातायात व्यवस्था विभागले भने भदौ १ देखि चलाउने निर्णय भइसकेको तर त्यसपछि अर्को निर्णय नभएकाले सोही निर्णय नै कार्यान्वयन हुने जनाएको छ । सरकारको निर्णय र घोषणा गरेका सुरक्षाका मापदण्ड नै लामो दूरीका सवारीले पनि लागू गर्नुपर्ने विभागले जनाएको छ ।

    विभागका महानिर्देशक गोगनबहादुर हमालले भन्नुभयो, “भदौ १ देखि चलाउने निर्णय भइसकेको छ, अर्को निर्णय नहुँदासम्म त्यही नै कार्यान्वयन हुन्छ । जहाँसम्म सुरक्षाको सवाल छ, त्यसमा सरकारले तोकेका मापदण्डलाई अपनाउनुपर्छ, मास्क सेनिटाइजर अनिवार्य छ, ज्वरो नाप्ने व्यवस्था हुनुपर्छ अनि सामाजिक दूरी कायम गरेर यात्रु राख्नुपर्छ ।”

    तर महासचिव सिटौला भने ५० प्रतिशत यात्रु मात्र चढाउने गरी सामाजिक दूरी कायम गर्ने अवधारणा त छोटो दूरीकालाई भनिएको थियो भन्दै लामो दूरीको विषयमा सुरक्षा मापदण्डबारे छलफल नै नभएको बताउनुहुन्छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा तात्यो माओवादी केन्द्र : एकैदिन पाँच वडाका कार्यक्रम, ताथलीमा नयाँ कमिटी

    भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो सांगठनिक गतिविधि बढाएको छ । केपी ओली सरकार...

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ...

    निषेधाज्ञा खुलेसँगै थपिए कोरोना सङ्क्रमित , तेस्रो लहर आउनसक्ने चेतावनी

    निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको दर पनि बढेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा...

    फेरी बढ्यो सुनचाँदीको मुल्य

    नेपाली बजारमा सुनचाँदीको मुल्य फेरी बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ...

    पुष्पलाल स्मृति दिवसको प्रवचन कार्यक्रममा प्रचण्ड माधव र विप्लवका नेता एकै ठाउमा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्म आज...