News Portal

  • कोरोनाको हटस्पट विराटनगरः १७ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

    ६५४ पटक

    विराटनगर, २६ साउन । प्रदेश १ को राजधानी विराटनगरका छवटा ठूला अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय विराटनगर कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ ।

    आइतबार दिउँसोसम्म विराटनगर महानगरपालिकामा २ सय ८२ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ जनाको मृत्यु भइसकेको छ भने ४३ जना कोरोनालाई पराजित गर्दै निको भएका छन । प्रदेश १ का दुई पीसीआर ल्याबमा फरक रिपोर्ट आएपछि परिवारले नै अन्तिम संस्कार गरेका विराटनगरका एक व्यक्तिको कोरोनाबाटै मृत्यु भएको प्रदेश सरकारले पुष्टि गरेको छ ।

    मृगौला रोगी रहेका विराटनगर-१० का ६३ वर्षीय रमेश अग्रवालको शनिबार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार कोसी अस्पतालमा लगिएका उनको स्वाब संकलन गरिएको थियो । शुक्रबार दिउँसोसम्म कोरोना रिपोर्ट नआएकोमा स्वास्थ्य अवस्था बिग्रिएपछि आफन्तले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागेकोमा उपचारका क्रममा निधन भएको थियो ।

    अग्रवालको प्रतिष्ठानले पनि कोरोना जाँच गर्न स्वाब संकलन गरेकोमा नेगेटिभ रिपोर्ट आयो । यता कोसीको पनि रिपोर्ट शुक्रबार नै आएकोमा पोजेटिभ देखियो । तर, प्रतिष्ठानले आफूले संकलन गरेको स्वाबमा नेगेटिभ रिपोर्ट आएको भन्दै शव आफन्तको जिम्मा लगाएपछि शनिबार उनको विराटनगरमा अन्तेष्टि गरिएकोमा प्रदेश सरकारले उनको मृत्यु कोरोनाबाटै भएको पुष्टि गरेको छ ।

    समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरका प्रादेशिक अस्पताल कोसी अस्पताल, नोबेल मेडिकल कलेज, न्युरो अस्पताल, मोरङ सहकारी अस्पताल, गोल्डेन अस्पताल र विराट नर्सिङहोम विराटनगर अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका संक्रमितमध्ये अधिकांश स्वास्थ्यकर्मी रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । नेपाल समाचारपत्र

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...