News Portal

  • यातायात व्यवसायीलाई सङ्कटमा पारिएको गुनासो

    ४३८ पटक

    काठमाडौं, २८ साउन । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात भदौ १५ सम्म स्थगित गरिएपछि व्यवसायीहरूले सार्वजनिक यातायातलाई गम्भीर सङ्कटमा पारिएको गुनासो गरेका छन् । यससँगै सार्वजनिक यातायात क्षेत्रमा करिब ६० अर्ब रुपियाँको नोक्सानी भएको दाबी गरिएको छ ।

    लामो दूरीका सार्वजनिक यातायात झन्डै पाँच महिना सञ्चालन नहुँदा करिब ६० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको व्यवसायीहरू बताउँछन् । बन्दाबन्दीको तीन महिनामै ४० अर्ब रुपियाँको नोक्सानी यातायात क्षेत्रले बेहोरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

    महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरका अनुसार सार्वजनिक यातायात गम्भीर आर्थिक सङ्कटमा परेको छ र यसलाई माथि उठाउन वा पुरानै लयमा ल्याउन तीन÷चार वर्ष लाग्ने छ तर सरकार यसका लागि गम्भीर नभएको र व्यवसायी मारमा परिरहेको उनको गुनासो छ ।

    सरकारले भदौ १ देखि लामो दूरीका यातायात खुला गर्ने निर्णय गरेपछि तयारीमा रहेका व्यवसायीहरू भदौ १५ सम्मको स्थगनले निराश भएका छन् । लामो दूरीको यातायात रोकिए पनि यात्रा गर्ने क्रम नरोकिएको बरु निजी सवारीहरूले महँगो भाडामा यात्रु ओसारेको गुनासो उनको भनाई रहेकोको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...